प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
नयाँ अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान सिंहदरबारमा पदभार ग्रहण गरेकी छन्। शुक्रबार राष्ट्रपतिले उनलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेपछि कार्कीले आफ्नो नयाँ जिम्मेवारी सम्हालेकी हुन्।
यसअघि उनी लैनचौरस्थित शहीद स्मारक पुगेर माल्यार्पण गर्दै शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेकी थिइन्। पदभार ग्रहण समारोहमा सरकारका उच्च अधिकारी तथा कर्मचारीहरूको उपस्थिती रहेको थियो।
प्रधानमन्त्री कार्कीले आफ्नो कार्यकालमा स्थायित्व र शान्तिपूर्ण शासन व्यवस्थापनमा जोड दिने बताएकी छन्।