नेपाली कांग्रेस सैनामैना नगरसचिव कँडेलद्वारा राजीनामा

नेपाली कांग्रेस सैनामैना नगर समितिका सचिव कृष्णप्रसाद कँडेलले राजीनामा दिएका छन्। उनले नेपाली कांग्रेसको कुनै पनि पद र साधारण सदस्यता समेत नरहने गरी राजीनामा दिएको सार्वजनिक घोषणा गरेका छन्। सामाजिक सञ्जालमार्फत स्टाटस लेख्दै उनले आफू अब पार्टीसँग कुनै किसिमको संलग्नता नराख्ने स्पष्ट पारेका छन्।

उनले आफ्नो राजनीतिक यात्रामा नेपाली कांग्रेसमार्फत योगदान गर्दै आएको स्मरण गर्दै पार्टीभित्रको परिस्थितिका कारण यस्तो निर्णय लिनुपरेको बताएका छन्। साथै, उनले अब स्वतन्त्र हैसियतमा समाज र जनताको पक्षमा क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

You might also like