प्रधानमन्त्री सुशिला कार्कीको पहिलो निर्णय। जेन्जी आन्दोलनमा मृत्यु भएकालाई सहिद घोषणा परिवारलाई १० लाख क्षतिपूर्ति
सरकारले जेन्जी आन्दोलनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गर्ने भएको छ । परिवारलाई १० लाख रुपैयाँ राहत दिने पनि जनाएको छ। आज प्रधानमन्त्रीले पदभार ग्रहण गर्दै सोही निर्णयमा हस्ताक्षर गर्नुभएको हो।
मुख्य सचिव एक नारायण अर्यालले दिएको जानकारी अनुसार उहाँले सो निर्णय गर्नुभएको हो।
जेन्जी आन्दोलनमा पारी प्रदर्शनकारी ५९ जना कैदीबन्दी १० जना सुरक्षाकर्मी तीनजना गरी ७२ जनाको ज्यान गएको छ। १ ३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भएका छन्।