जेनजी आन्दोलनमा तोडफोड संलग्न शिक्षकलाई निष्कासन

भदौ २४ गते जेनजीहरूको प्रदर्शनपछि भएको तोडफोड र लुटपाटमा संलग्न भएको आरोपमा कालिका मानवज्ञान माविले शिक्षकलाई निष्कासन गरेको छ।

विद्यालयले शनिबार विज्ञप्ति जारी गर्दै कम्प्युटर विषय पढाउँदै आएका शिक्षक शिवशङ्कर शुक्लालाई विद्यालयको आचरण संहिता उल्लङ्घन गरेको भन्दै हटाइएको जनाएको छ।

प्रधानाध्यापक दिनेश थापाका अनुसार, बुटवलको सुख्खानगरस्थित भाटभटेनी सुपर मार्केटबाट आइस्क्रिम चोरी गरेको तस्बिर सार्वजनिक भएपछि शुक्लामाथि कारबाही गरिएको हो।

कपिलवस्तु घर भएका शुक्लामाथि तोडफोड र लुटपाटमा संलग्न भएको ठहर गरिँदै शनिबारदेखि लागू हुने गरी विद्यालयले निष्कासन गरेको जनाएको छ।

You might also like