अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले सिंहदरबारमा पदभार ग्रहण गर्ने
अन्तरिम सरकारकी नयाँ प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान ११ बजे सिंहदरबारमा पदभार ग्रहण गर्ने कार्यक्रम तय भएको छ। प्रधानमन्त्री कार्कीले गृह मन्त्रालयको नयाँ भवनबाट प्रधानमन्त्री कार्यालय सञ्चालन गर्ने बताइएको छ।
बालुवाटार कार्यालय क्षतिग्रस्त भएका कारण अहिलेसम्म प्रधानमन्त्री कार्की आफ्नो निजी निवासमै बसिरहेकी छिन्। सिंहदरबारमा पदभार ग्रहण गरेसँगै सरकार सञ्चालनका काम प्रारम्भ हुने प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ।
यसअघि विभिन्न तहका तयारी र छलफलपछि कार्कीलाई अन्तरिम प्रधानमन्त्रीका रूपमा नियुक्त गरिएको हो।