अन्तरिम सरकारकी नयाँ प्रधानमन्त्री सुशीला कार्कीले अहिले शपथ लिदै
अन्तरिम सरकारको नेतृत्व गर्ने नयाँ प्रधानमन्त्रीका रूपमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की आजै पद तथा गोपनीयताको शपथ ग्रहण गर्न लागेकी छन् ।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले आज राति ९ बजे शीतल निवासमा कार्कीलाई शपथ गराउने कार्यक्रम तय भएको छ ।
यससँगै अन्तरिम सरकारको नेतृत्व नयाँ ढंगले अघि बढ्ने अपेक्षा गरिएको छ।