जेन–जी आन्दोलनको क्रममा बुटवलस्थित नेकपा (एमाले) पार्टी कार्यालयमा आगजनी

जेन–जी आन्दोलनको क्रममा बुटवलस्थित नेकपा (एमाले) पार्टी कार्यालयमा आगजनी गरिएको छ।

बुटवलको सुख्खा नगरस्थित एमाले लुम्बिनी प्रदेश पार्टी कार्यालयमा मंगलबार दिउँसो प्रदर्शनकारीहरूले तोडफोडसँगै आगजनी गरेका हुन्।

बिहान ११ बजेदेखि सुरु भएको प्रदर्शन क्रममा करिब दिउँसो २ बजेतिर प्रदर्शनकारीहरू कार्यालयभित्र प्रवेश गरी कुर्ची लगायतका सामग्री बाहिर निकालेर जलाएका थिए।

You might also like