देवसीद्ध बोर्डिङ स्कुलमा तेस्रो त्रैमासिक परीक्षाफल प्रकाशन सँगै विविध रचनात्मक कार्यक्रम सम्पन्न

माघ १२, बुटवल
बुटवल १४ बेलबारिया अवस्थित देवसीद्ध बोर्डिङ स्कुलले तेस्रो त्रैमासिक परीक्षाफल प्रकाशन सँगै विविध रचनात्मक कार्यक्रम सम्पन्न गरेको छ।
विद्यार्थी हरूको सर्वाङ्गीण विकास गर्ने उद्देश्यका साथ शिक्षामा शिप साथै प्रविधिको विकास गर्दै लाग्नु पर्ने आज को आवस्यकता मा केन्द्रित रहँदै विभिन्न शिप परियोजना हरु समेत प्रस्तुत गरिएको थियो।
उक्त कार्यक्रम मा बिधार्थी हरु द्वारा निर्मित विज्ञानका सामग्री चित्रकला प्रदर्शनी स्टोन आर्ट माटो बाट निर्मित सामग्री साइबर सेक्युरिटी सम्बन्धी स्लाइड को प्रस्तुति विद्यार्थीद्वारा निर्मित कम्प्युटर गेम समेत खेलिएको थियो।
प्राविधिक शीप विकाशमा जोड दिने उदेश्यका साथ अटोमेटिक डस्ट डिटेक्सन टेक्नोलोजी रोबोटिक्स समेत प्रर्दशन गरिएको थियो ।
अभिभावक हरुको उल्लेखनीय उपस्थित रहेको उक्त कार्यक्रम मा आगामी शिक्षण प्रणालीमा परिवर्तन सहितको प्रविधि शीप र संस्कार सहित को शिक्षा आजको आवस्यकता रहेको हुँदा सो अनुरूपको शिक्षा प्रदान गर्न विद्यालय अगी बढेको र सोअनुरूपको शिक्षा प्रदान गर्न सबैले हातेमालो गर्दै अगी बढे मा मात्र समृद्ध समाज को सक्षम विद्यार्थी बनाउन सकिने विश्वास रहेको विद्यालयका प्रधानध्यापक प्रितम बहादुर क्षेत्री ले जनकारी गराउन भयो ।
शीप युक्त कार्यक्रम मा जोड दिदैं अगी बढेको यस विद्यालयमा अभिभावकको समेत विशेष रुचि रहेको पाइएको छ। विद्यालयले सरस्वती पूजाको अवसर पारेर नयाँ भर्ना समेत सुरु गरेको छ ।
सरस्वती पूजाको दिन भर्ना हुने विद्यार्थी हरु लाई विशेष छुट समेत रहेको विद्यालयका संयोजक टिकाराम गैरेले जनकारी गराउनु भयो ।

You might also like