विवाद राममन्दिरको, स्थापना रामराज्यको ?

अयोध्याको राजा रामले गरेको व्यक्तिगत त्याग र निष्ठा तथा राज्य प्रति गरेको बलिदानले जन्मले मात्र नभै कर्मले रामबाट मर्यादा पुरुषोत्तम राम हुनुभयो । उपर्युक्त धर्म र कर्मलाई मूल्यांकन गरी सम्माननीय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी गुत २२ जनवरी २०२४ पूजा एवं दिपावलीको कार्यले सर्वत्र सम्मानित एवं अभिनंदित हुनु भएको सर्वविदितै छ ।
हाम्रो देशमा पनि मित्र देशमा भएको खुसीमा खुसी मिलाउने अवसर पाउनुका सौभाग्य भएको कुरामा कुनै दुई मत हुन सक्दैन, तथापि पौराणिक काल देखि चल्दै आएको उक्ति “राधा-कृष्ण” “सिता राम” जस्ता कथनहरु माथी आघात भएको जस्तो आभाष भएको देखिन्छ भने अर्कोतर्फ रोटी-बेटी जस्ता सामाजिक क्षेत्रका सम्बन्धमा समेत धक्काको अनुभूति भएको स्पष्ट छ । हाम्रो हिन्दू संस्कृतिमा ज्वाई र छोरी पूज्यनिय हुन्छन भन्नेमा केही विवाद हुन सक्दैन तथापि ज्वाई (राम) को साथ छोरी (सीता) हेर्न नपाउनु जनकपुर वासी को “सीता-राम” प्रतिको निष्कालाई मात्र होइन समस्त हिन्दू धर्मावलम्बी नेपालीहरुको मन मष्तिषमा कुण्ठा एवं निराशा उत्पन्न हुनु स्वाभाविकै छ।

समय – समय‌मा नेपाल र नेपालीले मित्र राष्ट्र भारतको लागि सहयोग, सद्‌भाव र समर्पण देखाएको कसैबाट लुकेको छैन्, शान्ति र मैत्री, जलश्रोत, प्राकृतिक संपदा, भारत-चीन कोरीडोरहरु यसका ज्वलंत उदाहरण हुन् । संयुक्त- राष्ट्र संघको सबैभन्दा उच्च एवं निर्णायक निकाय सुरक्षा परिषदको सदस्यमा समेत निर्वाचित गराउनमा नेपाल र नेपालीले आफ्नो अमूल्य मतको निर्णायक प्रयोग गरेको कसैबाट लुकेका छैन् । अवपनि हाम्रो सहयोगमा केही कमि कमजोर छ भने हामी त्यो थप्न गौरव महसुस गर्दछौं, तथापि राम को साथ सीता लाई जोड़ “सीता-राम” हाम्रो सांस्कृतिक धरोहर ओझलमा नपार्न हार्दिक अनुरोध गर्दछौं ।

You might also like