जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष खाँनलाई रुपन्देहीमा सम्मान

नवनिर्वाचित प्रतिनिधी सभाका सदस्य तथा जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष अब्दुल खानलाई रुपन्देहीमा सम्मान गरिएको छ । प्रतिनिधी सभामा समानुपातिक तर्फबाट निर्वाचित खाँनलाई रुपन्देहीमा जनमत पार्टीका राष्ट्रिय सचिव तथा रुपन्देही क्षेत्र नम्बर ४का सांसद पदका प्रत्यासी भोपेन्द्र प्रसाद यादव सहितका नेता तथा कार्यकर्ताले पार्टि कार्यालयमा सम्मान साथै आगामी कार्याकालको शुभकामना प्रदान गरिएको हो ।
सो अबसरमा बोल्दै पार्टी सचिव यादवले खाँन निर्वाचित भएसंगै समग्र जनमत पार्टीका कार्यकर्तामा उत्साहा थपिएको बताउँनु भयो । यादवले जनताको पक्षमा निरन्तर काम गर्न र संसदमा जनताको अवाज उठाइदिन निर्वाचित सांसद खाँनलाई आग्रह गर्नुभयो ।
यस्तै, जनमत पार्टीका नेता रामदेव यादवले जनमत पार्टीले विगत देखी उठाएका मुद्धाहरुलाई सम्बोधन गर्ने बेला आएको र सबै समस्याहरुलाई राष्ट्रिय राजनीतिमा दरिलो गरि उठाउन आग्रह गर्नुभयो । नवनिर्वाचित सांसद अब्दुल खाँनले पार्टी र जनताको विश्वासलाई कायम राखेर अगाडी बढ्ने बताउनु भयो ।
खाँनले आफूहरु जनताको राजनीतिक तथा समाजिक अधिकारको साथै बैज्ञानिक बिकासका लागि निरन्तर संघर्ष गरेकोले आगामी दिनमा यस्ता समास्या हुन नदिने सशक्त भुमिका निभाउने बताउनु भयो ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य रामकेश गुप्ता सहित जनमतका नेता , कार्यकर्ता तथा शुभचिन्तकहरुको उपस्थिती रहेको थियो ।

You might also like