डाक्टर दीपेन्द्र पोखरेल बने नेपाल डेण्टल एसोसिएसन रुपन्देही शाखाको अध्यक्ष
बुटवल । नेपाल डेण्टल एसोसिएसन रुपन्देही शाखाको निर्वाचन सम्पन्न भएको छ। निर्वाचनबाट डा. दीपेन्द्र पोखरेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो।
निर्वाचन अधिकृत डा. श्रृजना चापागाईंका अनुसार अध्यक्षमा डा. दीपेन्द्र पोखरेल, उपाध्यक्षमा डा. मुकेश सापकोटा, महासचिवमा डा. नेत्र प्रसाद भुसाल, कोषाध्यक्षमा डा. प्रवेश गौतम र सहसचिवमा डा. निलम थापा निर्विरोध निर्वाचित भएका छन्।
त्यसैगरी, कार्यसमितिका सदस्यहरूमा डा. आकाश कर्माचार्य, डा. हेमन्तराज पाठक, डा. कृष्ण प्रसाद गैरे र डा. आतिस पंगेनी निर्विरोध चयन भएका छन्।
नव निर्वाचित कार्यसमितिले रुपन्देही जिल्लामा दन्त स्वास्थ्यको प्रवर्द्धन, चिकित्सकहरूको पेशागत हकहित संरक्षण तथा दन्त सेवाको पहुँच विस्तारका लागि सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।