नवलपरासी(पश्चिम) क्षेत्र नं. २ : कांग्रेसका कण्डेलको विकल्प कण्डेलनै , १५ हजार मतान्तरले जित्ने दावि
बुटवल ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्व गृहराज्य मन्त्री देवन्द्रराज कण्डेलको क्षेत्र हो ,नवलपरासी(पश्चिम) क्षेत्र नम्बर २ । तर क्षेत्र नम्बर २मा उनी कण्डेलनै अहिलेको निर्वाचनमा पनि बलियो देखिएका छन् । २०७४को निर्वाचनमा एमाले माओवादी सहितको बाम गठबन्धनलाई फराकिलो अन्तरले पराजित गरेका कण्डेललाई मंसिर ४को निर्वाचन भने निकै सहज हुने मानिएको छ ।
यस क्षेत्रमा आगामी निर्वाचनका लागि कांग्रेस-माओवादी केन्द्रको गठबन्धन रहेको छ । जसमा प्रतिनिधी सभामा कांग्रेसकै नेता कण्डेलको उम्मेदवारी छ भने प्रदेश(क)मा माओवदीका उम्मेदवार चिनक कुर्मी र प्रदेश(ख)मा बैजनाथ कलवारको उम्मेदवारी रहेको छ । यता कांग्रेका माओवादीको प्रतिस्प्रर्धीको रुपमा नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा)ले गठबन्धन बनाएर निर्वाचनमा होमिएका छन् । यस्तै , राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा ) र लेकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले गठबन्धन गरेर निर्वाचनमा प्रतिस्प्रर्धा गर्दै छन् ।
एमाले र जसपा गठबन्धनबाट प्रतिनिधी सभामा एमाले जिल्ला अध्यक्ष दिपेन्द्र अधिकारीले उम्मेदवारी दिएका छन् भने प्रदेश २(क)मा एमालेकै थान प्रसाद गैरे र २(ख)मा जसपामा जिल्ला अध्यक्ष धरेन्द्र यादवले उम्मेदवारी दिएका हुन् । यस्तै , राप्रपा- लोसपा गठबन्धनबाट राप्रपाका नेता धुव्र बहादुर प्रधानले प्रतिस्प्रर्धा गरेका छन् भने प्रदेश २(क)मा लोसपाका पञ्चराम चौधरी र २(ख)मा पनि लोसपाकै नगेन्द्र अग्रहरीले प्रतिस्प्रर्धां गर्दै छन् ।
तिन ओटा गठबन्धन सहित केही अन्य राजनीतिक दलहरु र स्वतन्त्र उम्मेदवारी समेत यस क्षेत्रमा परेको छ । नवलपरासी-२ मा कांग्रेसका देवेन्द्रराज कँडेल र एमालेका दिपेन्द्र अधिकारीबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । यहाँ कांग्रेसको २५ हजार ६८६, एमालेको २३ हजार ३४२, माओवादीको ९ हजार १५१, राप्रपाको ८ हजार ८७८, जसपाको ७ हजार ३११, लोसपाको ४ हजार ५८० र नेकपा एकीकृत समाजवादीको ८८५ मत रहेका छ । मतको हिसाबले कांग्रेका कँडेल १६ हजार ९६० मतले अघि देखिन्छन् ।०७४को निर्वाचनमा कांग्रेसका कण्डेल बाम गठबन्धन भन्दा ८ हजार मत कम थियो तर चुनावको नजिता आउँदा कण्डेले १० हजार अन्तरले बाम गठबन्धनलाई हराएका थिए । जबकी नेपाली कांगेस देशभरीमा जम्मा २३ सिट मात्रै प्रत्यक्षमा जितेको थियो ।त्यस्तो समयमा पनि कण्डेलको विजयले उनको निकै राम्रो प्रभाव भएको बुझ्न सकिन्छ ।
किन लोकप्रिय छन् , कण्डेल ?
जनता र समाज प्रति आफूले गरेको योगदानले गर्दा नवलपरासीका जनताले आफूलाईनै बिजय बनाउने कण्डेल दावि गर्छन् । सुनवल देखी महेशपुर बोर्डर सम्मको क्षेत्रमा आफुले सडक पुर्वाधार निर्माणलाई विशेष प्राथमिकता दिएको उनको भनाई छ । नवलपरासी हुँदै बाईपास सडक , परासी बजारको चार लेन सडक , हुलाकी राजमार्ग , महेशपुर छोटि भन्सारलाई मुल भन्सारमा परिणत गर्ने कामहरु भएका छन् ।
यस्तै, कण्डेलकै पहलमा महेशपुुर भन्सारलाई राजमार्ग संग जोड्ने महेशपुर- सुनवल सडक चार लेनमा परिणत गरी व्यापारिक मार्गको रुपमा परिणत गर्न करिब १ अर्ब ३३ करोड बजेट व्यवस्थापनको साथै निर्माण कार्य प्रारम्भ भएको छ । सिमा क्षेत्रको विकासको मुख्य उद्देश्य सहित नवलपरासी र रुपन्देहीको बोर्डरलाई जोड्ने महेशपुर-सुनवल जोड्ने गरी भन्सीपुर-सनही देखी पडरी सम्म १४ किलोमिटरको रणनीतिक सडक निर्माणका लागि करिब ४० करोड बजेट व्यवस्थापन गरी कामको सुरुवात भएको छ ।
कण्डेलले स्थानिय पुर्वाधार विकास कार्यक्रमबाट शिक्षा क्षेत्र , स्कूल तथा मदरसाका भौतिक संरचना निर्माणमा ३ बर्ष सम्म नियमित बजेट व्यवस्थापन गरेका छन् साथै स्थानिय पुर्वाधार विकास कार्यक्रमबाटै स्वास्थ्य क्षेत्र ,खेलकुद , धार्मिक , पर्यटकिय क्षेत्र तथा समाजिक क्षेत्रको विकासमा समेत उल्लेख्य बजेट व्यवस्थापन गरेको उनको निजी सचिवलायले जनाएको छ ।
नवलपरासीमा सिंचाईको सुविधाका लागि डिप बोरिङ् तथा खानेपानी व्यवस्थापनका लागि समेत बजेट विनियोजन , शहरी विकास कार्यक्रमबाट रामग्राम नगरपालिकालाई सुन्दरीकरण गर्न पहल गर्नुको साथै कण्डेलले बजेट समेत व्यवस्थापन गरेर कार्यान्वयनमा गई सकेको छ । यस्तै ,सुनवल नगरपालिकालाई सुन्दिरिकरण गर्न सहरी विकास मन्त्रालयबाट करिब २०करोड बजेट व्यवस्थापन भएको छ ।सरावल गाउँपालिकाको बाँसाबसई हुँदै सुनवल १३ ,बडेरा हुँदै जोड्ने करिब ८ किमीको रिङ् रोड निर्माणका लागि योजना स्वीकृत भई प्रारम्भिक बजेट सहित कार्य प्रारम्भ भएको कण्डेलको सचिवालयले जनाएको छ । पछिल्लो समय सुकुम्बासी समस्या समाधानका आयोग गठन गरी भुमिहिन , दलित तथा सुकुम्बासीहरुलाई लालपुर्जा वितरण लगाएतका कामको पनि सुरुवात भएको छ ।
कण्डेलले नवलपरासीको बिकासको लागि आफू निरन्तर लागेको कारणलेनै जनता आफ्नो साथमा रहेको बताए । उखु किसान, खेरा खेती गर्ने किसान , बाढिको समस्या आदि विद्यमान समास्याहरुको दिर्घकालिन समाधान र आफ्नै पहलमा सुरु भएका योजनाहरुको सफल कार्यान्वयनका लागि पनि आफूले पुन उम्मेदवारी दिन परेको कण्डेलले बताउँछन् । उनी २०५६ र २०५८ मा २ पटक गृहराज्यमन्त्री बने। कण्डेलले एकपटक जिल्ला पार्टी सभापति र २ पटक केन्द्रीय सदस्यको जिम्मेवारी समालिसकेका छन् ।