आयात प्रतिस्थापन गर्न व्यापार रणनीति कार्यान्वयन गर्न माग
संद्यियताको मर्मलाई बलियो बनाउनु पर्नेमा लुम्बिनी प्रदेशका उद्योग मन्त्री शाहीको जोड

बुटवल ,२१ श्रावण।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार गर्न लागेको ‘नेपाल व्यापार एकीकृत रणनीति २०७९’ राज्यकोे नीति र व्यवहारमा निर्भर हुनु पर्ने सरोकारवालाहरूले बताएका छन् ।
अर्थतन्त्रको दिगो विकासका लागि सरकारले संशोधन गर्न लागेको ‘एकीकृत व्यापार रणनीति’ विषयमा सरोकारवालासँग रायसुझाव संकलनका लागि रुपन्देहीको तिलोत्तमामा आयोजना गरिएको कार्यक्रममा उद्योगी–व्यवसायीहरुले राज्यको नीति र व्यवहारमा वर्षौंदेखि समस्या रहेकोले कार्यान्वयनमा आशंका रहेको बताएका हुन् ।
यसको लागि सरकारले तयार पारेको प्रारम्भिक मस्यौदामाथि सरोकारवालाहरुसँग छलफल गर्ने क्रममा शुक्रवार लुम्बिनी प्रदेशका उद्योग बाणिज्य तथा आपुर्ती अजय शाहीको प्रमुख आतिथ्यतामा लुम्बिनी प्रदेश स्तरको अन्तरक्रिया गरिएको हो ।
मन्त्री शाहीले रणनिति तयार गर्दा संद्यियताको मर्मलाई समेत बलियो बनाउने गरी तयार गर्न सुभाव दिएका छन् । शाहीले विगतमा नेपाल अत्मनिर्भर रहेको तर पछिल्लो समय हरेक उत्पादन आयात मात्रै गर्नुपर्ने बाध्यता रहेको बताउदै धान रोप्ने मजदुर समेत भारतबाट नेपाल आउने गरेको बताए ।
नेपाल विकासशील देशको सूचीमा स्तरोन्नति हुन गइरहेको अवस्थामा वैदेशिक व्यापारमा पर्न सक्ने प्रभाव र निर्यातका सम्भावनाको खोजी गर्न पूर्व अर्थसचिव रामेश्वर खनाल नेतृत्वमा गठन गरेको विज्ञ समूहले बनाएको मस्यौदामाथि छलफल गरिएको हो ।
कार्यक्रममा सहभागी उद्योगी व्यवसायीहरुले सरकारले ल्याउन लागेको संशोधित नेपाल व्यापार एकीकृत रणनीति राम्रो भए पनि यसको कार्यान्वयन प्रश्न चिन्ह उब्जिएको बताए ।
लुम्बिनी प्रदेशकाे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव हेमराज सुवेदीले सबै सुझावलाई प्रदेश मन्त्रालय मर्फत संघीय मन्त्रालयमा सिफारिस गर्ने बताए ।
नेपालबाट निर्यात हुने देशहरु भारत, अमेरिका र युरोपबाहेक अन्य देशहरु कुन कुन हुनसक्छ भन्ने विषयलाई केन्द्र भागमा राखेर रणनीति बनाउन लागिएको संद्यिय उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालयका सचिव डा.गणेश प्रसाद पाण्डेले बताए ।
त्यस्तै , अर्थ मन्त्रालयका सचिव , विभिन्न मन्त्रालय तथा कार्यालयका प्रतिनिधी ,विभिन्न उद्योगी व्यवसायीका संघ संस्थाहरुका प्रतिनिधीहरुले रणनितिमा आफ्नो राय सुभाव दिएका थिए । सरोकारवालाहरुसँगको छलफल र अन्तरक्रियापछि उनीहरुबाट आउने राय सुझाव समेटेर रणनीतिको मस्यौदालाई अन्तिम रुप दिइने मन्त्रालयको तयारी छ ।