नेपालमा थप ७६० जनामा कोरोना संक्रमण, एकको मृत्यु

काठमाडौं । नेपालमा थप ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर ५ हजार ९२६ जनाको स्वाब परीक्षण गर्दा पीसीआर विधिबाट ४९४ तथा एन्टिजेन विधिबाट २६६ जनामा गरी ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार कोरोनाबाट आज ३२४ जना निको भएका छन् भने एक जनाको मृत्यु भएको छ । हाल सक्रिय संक्रमितको संख्या पाँच हजार ६०२ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ४७ हजार ३४१ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।

You might also like