शीतल निवासमा सुशीला कार्कीको शपथ, दलका नेताहरू अनुपस्थित

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिरहेकी छिन्। अहिले मन्त्री बन्ने सम्भावित नामहरूबारे धेरै चर्चा भए पनि कस–कसलाई जिम्मेवारी दिइने हो भन्ने भने टुंगो लागेको छैन। अहिले सबै मन्त्रालयको जिम्मेवारी अस्थायी रूपमा प्रधानमन्त्री कार्कीकै हातमा छ।

गएराति राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा कार्कीलाई शपथ गराउँदै सफल कार्यकालको शुभकामना दिएका थिए। शपथ समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश, सरकारका उच्च पदस्थ अधिकारी र विभिन्न देशका कूटनीतिज्ञहरू उपस्थित थिए।

अघिल्ला शपथ समारोहहरूमा प्रायः पूर्वप्रधानमन्त्री र निवर्तमान प्रधानमन्त्री सहभागी भएर औपचारिक रूपमा कुर्सी हस्तान्तरण गर्ने चलन रहँदै आएको थियो। तर, यसपटक त्यो परम्परा कायम भएन। उपस्थित पूर्वप्रधानमन्त्रीहरूमा डा. बाबुराम भट्टराई मात्र थिए। प्रमुख दलका नेताहरू नआउँदा समारोह अलि फरक देखियो। यद्यपि, रास्वपा नेतृ सुमना श्रेष्ठ भने उपस्थित थिइन्।

You might also like