विद्यार्थी अपहरण भएको खबर हल्ला मात्रै

गुल्मीको मदाने गाउँपालिका–८ स्थित श्री पृथ्वी माध्यमिक विद्यालयले कक्षा ९ का एक विद्यार्थी अपहरण भएको खबर हल्ला मात्रै भएको स्पष्ट पारेको छ।

विद्यालयले विज्ञप्ति जारी गर्दै सो दिन विद्यार्थी विद्यालय आउँदा गृहकार्य नगरेको कारणले “अपहरणमा पर्‍यो” भन्ने हल्ला चले पनि सो घटना वास्तविक नभएको जनाएको छ।

विद्यार्थी अपहरणको हल्ला पछि विद्यालय परिवार, अभिभावक, प्रहरी, स्थानीयवासी तथा सञ्चारकर्मी विद्यालयमा पुगेका थिए। यद्यपि, यथार्थमा सो घटना अपहरण नभई गृहकार्य नगरेकाले उत्पन्न भएको विद्यालयले स्पष्ट पारेको हो।

विद्यालयले यस्तो हल्लाले अनावश्यक त्रास सिर्जना गरेकाले अभिभावक तथा विद्यार्थीलाई तथ्यमा आधारित मात्र कुरा गर्न आग्रह गर्दै शान्तिपूर्ण शैक्षिक वातावरणमा सहयोग पुगोस् भन्ने अपील गरेको छ।

You might also like