इडन इङ्ग‌लिस बोर्डिङ स्कुलमा तीज नृत्य प्रतियोगिता सम्पन्न

इडन इङ्ग‌लिस बोर्डिङ्ग स्कुल बुटवल ११ नहरपुरमा तीज नृत्य प्रतियोगिता सम्पन्न

इडन इङ्ग‌लिस बोर्डिङ स्कुलमा तीज नृत्य प्रतियोगिता सम्पन्न

बुटवल
इडन इङ्ग‌लिस बोर्डिङ्ग स्कुल बुटवल ११ नहरपुरमा तीज नृत्य प्रतियोगिता सम्पन्न भएको छ। नेपाली महिलाहरूको महान चाड हरितालीका तीजको अवशरमा विद्यालयले उक्त कार्यक्रमको आयोजना गरेको हो। नर्सरीदेखि कक्षा १२ सम्म सञ्चालित विद्यालयले प्रत्येक कक्षा र सेक्सन गरी प्रतियोगितामा ३२ टिमको सह‌भागिता रहेको थियो। प्रतियोगिता चार तहमा गरिएको थियो। कक्षा नर्सरीदेखि कक्षा १ सम्मको दुई तह‌मा गत शुक्रबार नै सम्पन्न भएको थियो भने कक्षा दुईदेखि कक्षा बाह्र सम्मको आइतबार सम्पन्न भएको हो। कक्षा २ देखि ५ सम्मको प्रतियोगितामा कक्षा चार “सी” को समूह प्रथम कक्षा चार ‘ए’ को समूह द्वितीय, कक्षा तीन ‘ए’ को समूह र तीन “सी” को तृतिय भएका छन् । त्यसैगरी कक्षा ६ देखि १२ सम्मको प्रतियोगितामा कक्षा आठ ए’ को समुह प्रथम, कक्षा १० को समूह द्वितीय र कक्षा आठ “बी” को समूह तृतिय हुन सफल भएका छन् ।
प्रतियोगिताका विजेता विद्यार्थीहरुलाई मेडल तथा प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो । कार्यक्रमको अध्यक्षता विद्या‌लयका प्राचार्य शिवहरी भट्टराइले गर्नुभएको थियो भने प्रमुख अतिथिको विद्यालयका अध्यक्ष तथा जन‌प्रतिनिधी नकुल शाही ठकुरी रहनुभएको थियो। प्रमुख अतिथि शाहीले विद्यालयले यस्ता कार्यक्रम गर्नाले हाम्रा विभिन्न धर्म, संस्कृति, रीतिरिवाज र पर्वहरूको बारेमा नयाँ पिढीहरूलाई हस्तान्तरण हुने भएकाले यी कार्यक्रमहरू महत्वपूर्ण हुने बताउनुभयो। कार्यक्रमको संयोजन तथा सञ्चालन विद्यालयका उप-प्राचार्य कुशल वस्यालले गर्नुभएको थियो ।

You might also like