रुपन्देहीमा गोजुरियो कराँतेको ‘बेल्ट टेष्ट कार्यक्रम ’ सम्पन्न

नेपाल गोजुरियो कराँते डो संघ रुपन्देहीले ‘बेल्ट टेष्ट कार्यक्रम ’ सम्पन्न गरेको छ । शनिबार बुटवल १३ का वडाअध्यक्ष नारायण पुनको प्रमुख आतिथ्यतामा नेपाल गोजु-रियो कराँते डो संघले बेल्ट टेस्ट कार्यक्रम सम्पन्न गरेको हो । रुपन्देही जिल्लाभित्र सञ्चालित ६ वटा डोजोका १२० जना विद्यार्थीहरुको सहभागितामा बेल्ट टेस्ट कार्यक्रम सम्पन्न गरिएकोे आयोजकले जनाएका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै वडाअध्यक्ष पुनले आफू खेलक्षेत्रको विकासका लागि सदैव लागि पर्ने बताए । उनले नेपाल गोजुरियो कराँते डो संघ रुपन्देहीका विभिन्न कार्यक्रममा सरिक भइरहेको बताउँदै वडाकार्यालय र आफ्नो व्यक्तिगत तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाए ।


नेपाल गोजुरियो कराँते डो संघ, रुपन्देहीका अध्यक्ष अनुपम ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल कराँते महासंघ रुपन्देहीका अध्यक्ष सन्तोष सिंह, नेपाल वादोरीयो कराँते संघ,लुम्बिनी प्रदेशका उपाध्यक्ष शोभाखर पन्त, समाजसेवि तथा अभिभावक धनु गुरुङ, नेपाल गोजुरियो कराँते डोे संघ, रुपन्देहीका उपाध्यक्ष शिवम पन्थीले बोल्दै खेलाडीहरुलाई सफलताको शूभकामना दिएका थिए ।
उक्त अवसरमा भारतमा सम्पन्न भएको एसियाली गोजुरियो कराँते च्याम्पियन सिप २०२४ सहभागी भई सिनियर कातातर्फ प्रथम भएकी एलिसा गुरुङ र जुनयिर कातातर्फ तृतिय भएका प्रज्ञान गुरुङलाई सम्मान गरिएको थियो । यस्तै काठमाडौंमा सम्पन्न ५६ औं राष्ट्रिय कराँते प्रतियोगिता सहभागी भई उत्कृष्ट भएका खेलाडी भाइहरू रोहित थारू, अमन थापा, सिसान राना र कुशल काउचा लाई समेत सम्मान गरिएको थियो । बुटवल वडा न. १३ का वडाअध्यक्ष पुनले प्रतियोगितामा सहभागी भई उत्कृष्टता हासिल गरेकाहरुलाई सम्मान गरेका हुन् ।

कार्यक्रमा नेपाल गोजुरियो कराँते डो संघ रुपन्देहीका सचिव एंव डोजो प्रशिक्षक मनिष पाण्डेको सञ्चालन एंव कोषाध्यक्ष अमृत कुँवरको स्वागतमा सम्पन्न भएको हो

You might also like