बसाइँसराइ राेक्न घरेलुु उद्योग सञ्चालन गर्नुपर्छ : मन्त्री राणा
अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकामा आन्तरिक तथा बाह्य पर्यटक भित्राउने उदेश्यले आजदेखि तेस्रो शीतगंगा कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव शुरु भएको छ ।
शितगंगा नगरपालिका वडा नम्वर २ सीतापुरको गैरी खेतमा भोलि शुरु भएको महोत्सवको लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्था मन्त्री सरोज थापा (रोज राणा)ले पानसमा दीप प्रज्वलन गरेर समुद्धाटन गरेका छन् ।
महोत्सवको उद्घाटन गर्दै मन्त्री राणाले पहाडी गाउँमा बढ्दो बसाइँसराइ रोक्न घरेलुु उद्योग सञ्चालन गर्नुपर्ने बताएका छन् । गाउँमा बसेर उद्योग सञ्चालन गर्ने युवालाई लुम्बिनी प्रदेश सरकारले सहयोग गर्ने बताए ।
नेपालको सबैभन्दा ठुलो शितगंगाको प्रचारप्रसार र उद्योग स्थापनामा नगरपालिकाले कार्यक्रम बनाउनु पर्ने बताएका छन् । उनले नगरले बनाउने योजनामा प्रदेश सरकारले सहयोग गर्ने जानकारी दिए ।
शितगंगा नगरपालिकालाई ब्यवसायिक पर्यटकीय हिसाबले देश विदेशमा चिनाउन, नगरमा स्थापित भएका घरेलु तथा कृषिबाट उत्पादित बस्तुहरुको प्रर्बद्धन गर्नको लागि महोत्सवको आयोजना गरिएको शीतगंगा उद्योग वाणिज्य संघका अध्यक्ष चिन्तराज अधिकारीले बताए ।
नगर भित्र उत्पादित बस्तुहरुको प्रवद्र्धन, पर्यटकीय क्षेत्रको प्रचार–प्रसारका लागी महोत्सवले निकै राम्रो भुमिका खेल्ने नगर प्रमुख छविलाल पौडेलले बताए ।
उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य जमशेर मियाले उद्योगी व्यवसायीलाई काम गर्ने वातावरण अहिलेको अबस्थामा नभएकोले यसतर्फ सरकारको ध्यान जानुपर्ने बताए । उनले तीनै तहका सरकारले उद्योग खोल्ने युवालाई सहयोग गर्नु अपरिहार्य भएको धारणा राखे ।
माघ २३ गतेसम्म सञ्चालन हुने महोत्सवमा एक लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने र दुई करोड भन्दा बढीको कारोवार हुने अपेक्षा रहेको अध्यक्ष अधिकारीको भनाइ छ ।
कार्यक्रममा नगर प्रमुख छविलाल पौडेल, उपप्रमुख गीता भाट, प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा, नेपाली कांग्रेसका जिल्ला सचिव कृष्णप्रसाद खनाल, समाजवादीका जिल्ला अध्यक्ष रामबहादुर चौहान, पत्रकार हृदय कुमार भुसाल लगायतले मन्तव्य राखेका थिए ।
नगरपालिकाका सबै वाडहरुको तर्फबाट सितगगा २ का वाड अध्यक्ष राम बहादुर गोर्खाले महोत्सव सफलताको सुभकामना मनतब्य राखेका थिए । कार्यक्रम उद्योग बाणिज्य संघका अध्यक्ष चिन्ताराज अधिकारीको अध्यक्षता,उपाध्यक्ष अर्जुन बुढाको स्वागत तथा साथै ऋषि घिमिरेको संचालनमा सम्पन्न भएको थियो । आगामी माग २२ गते सम्म संचालन हुने उक्त महोत्सवमा आज विभिन्न स्थानिय पहिचान बोकेका कला सस्कृतीहरुको प्रस्तुत साथै स्थानिय कलाकार हरुको प्रस्तुति समेत रहेको थियो ।
कार्यक्रममा जनप्रतिनिधि,राजनैतिक दल, कर्मचारी, विभिन्न संघ सस्थाहरुका प्रमुख तथा प्रतिनिधिको आथित्त्यता रहेको थियो ।