साफ च्याम्पियनसिप २०२३ को सेमिफाइनल आज
काठमाडौं । भारतको बेंगलुरुमा जारी साफ च्याम्पियनसिप २०२३ को सेमिफाइनल खेल आज हुँदैछ ।
यस पटक दुई आमन्त्रित टिम लेबनान र कुवेत पहिलो सहभागितामै सेमिफाइनल पुगेका छन् भने घरेलु टोली भारतसहित बंगलादेशले पनि सेमिफाइनल खेल्दैछ ।
पहिलो सेमिफाइनल कुवेत र बंगलादेश तथा दोस्रो सेमिफाइनल भारत र लेबनानबीच हुनेछ ।
बेंग्लोस्थित श्री कान्तिरावमा कुवेत र बंगलादेशबीच खेल नेपाली समय अनुसार पौने ४ बजे सुरु हुनेछ भने भारत र लेबनाको खेल राति पौने ८ बजे सुरु हुनेछ ।