लुम्बिनी प्रदेश : जनमत पार्टीका सांसदहरुले मातृ भाषामा शपथ ग्रहण गर्ने
बुटवल, पौष १५।
जनमत पार्टीबाट निर्वाचित सांसदहरुले मातृ भाषामा शपथग्रहण गर्ने भएका छन् । लुम्बिनी प्रदेश सभा तर्फ निर्वाचित सबै सांसदहरु मध्य दुई जनाले मधेशी (अबधी) भाषामा र एक जना सांसदले गरुङ् भाषामा शपथ ग्रहण गर्ने भएका हुन् ।
सबै सांसदहरुले प्रदेश सभा सचिवालयलाई जानकारी गराई आआफ्नो मातृ भाषामा शपथ गर्ने तयारी गरेको लुम्बिनी प्रदेश संसदीय दलका नेता चन्द्र केश(सीके) गुप्ताले जानकारी दिए ।
जनमतबाट प्रत्यक्षबाट निर्वाचित सदस्यहरु प्रत्यक्षमा चन्द्रकेश (सीके) गुप्ता , समानुपातिक तर्फबाट निर्वाचित सुमनशर्मा रायमाँझीले मधेशी(अबधी) र गिता गुरुङ्ले गुरुङ् भाषामा सपथ ग्रहण गर्ने बताएका हुन् ।
पार्टीका राष्ट्रिय सचिव भोपेन्द्र प्रसाद यादवले संविधान बमोजिम जनमत पार्टीका प्रदेश सभाका सांसदहरुलाई आ आफ्नै मातृ भाषामा शपथ गर्ने व्यवस्था मिलाई दिन प्रदेश सभा सचिवालयका सचिवलाई आग्रह गरेका छन् ।
लुम्बिनी प्रदेशमा पौष १७ गते दिउँस १ बजे प्रदेश सभा सदस्यहरुलाई शपथ ग्रहण गराउने तयारी गरिएको छ ।