मर्चवारमा भोपेन्द्रको दैनिक अनुगमन र भेटघाट , लिफ्ट सिँचाई अनुगमन गर्दा तिन मोटर बिग्रिएको भेटियो
पदमा नभएपनि आफू निरन्तर मर्चवारको परिवर्तन गर्न र किसानका समस्या समाधन गर्न लागि पर्ने उनले दावि गरे।
रुपन्देही , १३ मंसिर ।
जनमत पार्टीका राष्ट्रिय सचिव तथा रुपन्देही क्षेत्र नम्बर ४का सांसद पदका प्रत्यासी भोपेन्द्र प्रसाद यादव पछिल्लो समय मर्चवारका रहेका विभिन्न आयोजनाहरुको अनुगमन तथा जनताहरु संग भेटघाटमा व्यस्थ भएका छन् । निर्वाचनमा सम्मान जनक मत पाएका यादवले रुपन्देही ४का अधिकांश गाउँहरुमा पुगेर स्थानिय मतदातालाई धन्यवाद् दिनुको साथै आगामी दिनहरुमा गाउँमा भएका समस्या समाधानमा सहयात्री भएर काम गर्ने बताउँदै आएका छन् ।
देशैभरि डा.सीके राउतको जनमत पार्टीले पहिलो पटक निर्वाचनमा सहभागी भएसंगै थ्रेसहोल्ड कटाएर सर्वाधिक चर्चा कमाई रहेको बेलामा राष्ट्रिय सचिव यादव भने जनताका घरदैलोमै रमाउन थालका हुन् ।मधेशी समाजमा भएका विभेद , अत्याचार , दमन विरुद्ध निरन्तर शासक वर्ग संग संघर्ष गरेका यादव निर्वाचन पश्चात पनि निर्वाचन क्षेत्रमै पाउँदा मतदाता भने उत्साहित देखिएका छन् ।
यादवसंगै गाउँगाउँमा पुगेका पार्टीका केन्द्रीय सदस्य रामकेश गुप्ताले जनमत पार्टी जनताको पार्टी भएको हुँदा जनता माँझमै रमाउने बताउँछन् । उनले गाउँमा भएका जनताका समस्याहरु हेरी त्यसलाई समाधन गर्न राज्य संग आवाज उठाउने बताए ।
मंगलबार यादवले मर्चवार लिफ्ट सिचाई बिभाग अनुगमन गरेका छन् । उनले अनुगमन गर्दा १० वटा मोटर मध्ये ३ वटा बिग्रेको अवस्थामा भेटिएको छ भने अपरेटर, चौकीदारको तलब पनि उठ्ने अवस्था देखिएन । यादवले नहरको ठाउँ – ठाउँमा भत्किएको अवस्थामा देखिएको भन्दै यस्तो कमजोरीले गर्दा किसानको खेतमा पानी नपुग्ने र किसान पिडै पिडामा हुने गरेको बताए ।
उनले यस्ता तमाम समस्याको समाधान गर्न आफू उम्मेदवार भएपनि सोझा सिधा जनतालाई भ्रम र पैसाको लोभ देखाएर अरुलेनै निर्वाचनमा जित निकालेको बताए । पदमा नभएपनि आफू निरन्तर मर्चवारको परिवर्तन गर्न र किसानका समस्या समाधन गर्न लागि पर्ने उनले दावि गरे।