मर्चवारमा मेरो प्रतिस्प्रर्धा प्रमोद संग होईन शुक्ला संग हो तर जित मेराे हुन्छ : भोपेन्द्र यादव
बुटवल । जनमत पार्टीका राष्ट्रिय सचिव भोपेन्द्र प्रसाद यादवले रुपन्देही क्षेत्र नम्बर ४मा आफ्नो प्रतिस्प्रर्धा नेपाली कांग्रेसका प्रमोद यादव संग नभएको बताएका छन् । प्रतिनिधी सभा तर्फ उम्मेदवार रहेका जनमतका यादवले कांग्रेसका यादव संग प्रतिस्प्रर्धा नभएपनि लोसपाका शुक्ला संग प्रतिस्प्रर्धा रहेको तर आफ्नो जित सुनिश्चित भएको दावि गरेका छन् ।
कांग्रेसका प्रमोद यादव ०७४को निर्वाचनमा विजय भएपनि पाँच वर्षमा मर्चवारका जनताले देख्ने र भटिने कुनै काम नगरेकोले यसपालि जनमतको विकल्प नभएको स्थानियले बताएका छन् । यस्तै पटक पटक निर्वाचित भएका मन्त्री समेत बनेर कुनै काम नगरेकाले पुराना नेता लोसपाका सबेन्द्र नाथ शुक्लालाई पनि मर्चवारबासीले पत्याउने अवस्था नभएको स्थानिय मतदाताहरुले पनि बताएका छन् ।प्रमोद र शुक्लाको विकल्पमा जनमत पार्टीलाईनै जनताले रोजेको र खोजेको सांसद पदका उम्मेदवार यादवको भनाई छ ।
यस्तै, मर्चवारका नर्वदा पालले मर्चवारमा जनमतको लहर भएको बताउँछन् ।सधै किसानहरुको हक अधिकारको लागि लड्ने पार्टी जनमत पार्टी रहेकोले पनि किसान वर्गहरुको मनमा जनमतको हरन छापमात्रै रहेको बताए । मर्चवारका अर्का युवा पिन्टु गुप्ताले भने डा.सीके राउतको क्रेजे रहेको बताउँछन् । युवाहरुलाई १० लाख रोजगारी दिने ग्यारेण्टी गरेकोले युवाहरु जनमत पार्टीलाई आशा र भरोसा गर्ने गुप्ताको दावि छ ।
मायादेवी , मर्चवारी , कोटहीमाई , सम्मरीमाई गाउँपालिका सहित लुम्बिनी सांस्कृतिक नगरपालिका पर्ने रुपन्देही ४मा जनमत पार्टीको अदृश्य माहोल रहेको बताईन्छ । दलित, मुस्लिम , महिला समुदायको अधिकारको लागि पनि जनमत पार्टीका भोेपेन्द्र प्रसाद यादवले संघर्ष गरेकोले यादव प्रति छुट्टै सद्भाव रहेको मायादेवीका स्थानिय रामगनेश हरिजनले बताए । उनले जनमत पार्टीका यादवलाईनै जिताउँने सल्लाहा भएको जानकारी समेत गराएका छन् ।
मर्चवारमा सबै भन्दा धेरै किसानहरुले लाठी डण्डी खाएर भारतबाट मलखाद ल्याउनु पर्ने बाध्यता छ । किसानहरुलाई मलखाद, सिंचाई , विमा ,पेन्सनको व्यवस्थाका लागि जनमत पार्टीको संघर्षलाई मर्चवारका जनताले नजिकबाट भोगेकाले यसपाली बहुमत किसान मतदाता जनमतको पक्षमा रहेको स्थानिय नगेन्द्र यादवले बताए ।
यस्तै, कोटहीमाई गाउँपालिकाका स्थानिय मनोज यादवको पनि लुम्बिनी सांस्कृतका नगेन्द्रको भनाई संग मेल खान्छ । मर्चवारमा यसपटक परिवर्तनको खोज भैरहेकोले परिवर्तका लागि बैज्ञानिक डा.सीके राउतको पार्टी जनमत पार्टीलाईनै जिताउँने सल्लाहा भएको यादवले बताए ।
निर्वाचनको मिति नजिकिँदै जाँदा मतदात भने पुराना र गफाडी नेताहरुबाट मर्चवारको परिवर्तन नहुँने हुँदा अबको विकल्पको रुपमा जनमत पार्टीका सांसद यादव तथा विधायकहरुलाई नै विजय बनाउँने बताउँछन् ।मर्चवारमा अब बिकास हुने आशा पलाएको बताउदै स्थानिय भानमति लोधले पनि अब जनमत पार्टीलाई नै यसपटक भोट दिने माहोल बनिरहेको प्रतिकृया दिईन ।
केही समय अघि मर्चवार पुगेका राष्ट्रिय अध्यक्ष राउतले रावण राज अन्त्य गर्न जनमत पार्टीमा मतदान गर्न आग्रह गरेका थिए । पुराना राक्षस रुपी दलहरुबाट देशको परिवर्तन सम्भव नरहेको भन्दै राउतले यसपटक त्यसको विकल्पमा जनमत पार्टीको हरन छापमा मतदान गर्नुपर्ने बताए ।
किसानका समस्या, जमिनदारी शासन व्यवस्था , विभेद र शोषण , मर्चवारमा विगतका नेताहरुले गरेका झुटा विकासका मुद्धा लगाएत विषयहरुका बारेमा डा.राउतले मतदातालाई स्पष्ट पारेपछि मर्चवारवासीहरु अहिले जनमत पार्टीमय बन्दै गएको देखिएको छ ।
सांसद पदका उम्मेदवार यादवले आफू २० हजार मतान्तरले अगाडी रहेको दावि गरे । जनताको लागि काम गर्ने पार्टीनै जनमत पार्टी रहेकोले अहिले जनमत संग कुनै पनि पार्टी र उम्मेदवारले प्रतिस्प्रर्धा गर्न नसक्ने उनले बताए । यादवले पनि आफ्नो बिजय भैसकेको र औपचारिकताका लागि मंसिर ४ गते पर्खनु पर्ने बताए । यादवले आफूहरुले मर्चवारको परिवर्तनका लागि पटक पटक संघर्ष गरेको गर्नुको साथै मर्चवारका किसान , दलित ,मुस्लिम लगाएतका पिछडा वर्गको हक र अधिकारका लागि मर्चवारको भुमिका रगत र पसिना बगाएको दावि गरे ।
किसानका लागि संघर्ष गर्दा पटक पटक सरकारबाट दमन भएको र झुटा मुद्धा लगाएर पटक पटक जेल जानु परेको तर मर्चवारका कुनैपनि नेताहरु किसानका पक्षमा एक शब्द पनि नबोलेको जनमतका यादवले आरोप लगाए । मर्चवारमा रहेका महिला , दलित , मुस्लिम सहितका सधै शोषणमा परेका समुदायका लागि आफ्नो पार्टिले संघर्ष गरेको र अब आफूलाई मर्चवारवासीले बिजय बनाएर संसद पुराउने भन्दै संसदमा पुगेर मर्चवारको परिवर्तनका लागि आफू लागि पर्ने बताए ।
आफूले मर्चवारमा गरेको संघर्ष जनताले महषुस गरेकाले आफ्नो जित सुनिश्चित भैसकेको यादवले दावि गरे । जनमत पार्टीले प्रतिनिधी सभामा यादव संगै प्रदेश ४(क)मा जितेन्द्र नाथ शुक्ला (बब्लु) र (ख)मा अर्जुन जैसवाललाई उम्मेद्वार बनाएको छ ।