डा.राउतको आगमनले मर्चवारमा फेरीको चुनावी माहोल , एकाधिकार जमाउँदै जनमतका भोपेन्द्र

रुपन्देही ,२६ कात्तिक ।
रुपन्देहीको क्षेत्र नम्बर ४, मर्चवारमा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतको आगमन पछि चुनावी माहोलनै फेरिएको छ । गत शनिवार राउत मर्चवार क्षेत्रका विभिन्न स्थानहरुमा पुगेर चुनावी सभालाई सम्बोधन गरेका थिए । उक्त सभामा राउतले रावण राज अन्त्य गर्न जनमत पार्टीमा मतदान गर्न आग्रह गरेका थिए । पुराना राक्षस रुपी दलहरुबाट देशको परिवर्तन सम्भव नरहेको भन्दै राउतले यसपटक त्यसको विकल्पमा जनमत पार्टीको हरन छापमा मतदान गर्नुपर्ने बताए ।

राउत मर्चवार पुग्नु पुर्व मंसिर ४को निर्वांचनमा त्रिकोणिय प्रतिस्प्रर्धाको आकालन गरिएको थियो । नेपाली कांग्रेसका प्रमोद यादव , लोक्तान्त्रिक समाजवादी पार्टी(लोसपा)का सबेन्द्रनाथ शुक्ला र जनमत पार्टीका राष्ट्रिय सचिव भोपेन्द्र प्रसाद यादव विच कडा प्रतिस्प्रर्धा हुने बताइएको थियो । तर राउतको मर्चवारमा सम्बोधन पछि भने चुनावी माहोल फरक बनेको छ ।
किसानका समस्या, जमिनदारी शासन व्यवस्था , विभेद र शोषण , मर्चवारमा विगतका नेताहरुले गरेका झुटा विकासका मुद्धा लगाएत विषयहरुका बारेमा डा.राउतले मतदातालाई स्पष्ट पारेपछि मर्चवारवासीहरु अहिले जनमत पार्टीमय बन्दै गएको देखिएको छ ।

जनमत पार्टीका राष्ट्रिय सचिव समेत रहेका भोपेन्द्र प्रसाद यादवनै क्षेत्र नम्बर ४को सांसद पदको उम्मेदवार छन् । डा. राउतले सांसद र विधायकमा आफ्नो उम्मेदवारलाई भोट दिनु भनेको आफैलाई दिएको हुने हुँदा बैज्ञानिक तरिकाले विकास गर्न र दश लाख रोजगारी सृजना गर्न पनि जनमतको हरन छापमा मतदान गर्न आग्रह गरेका थिए ।
निर्वाचनको मिति नजिकिँदै गएको छ । तर स्थानियहरु भने पुराना र गफाडी नेताहरुबाट मर्चवारको परिवर्तन नहुँने हुँदा अबको विकल्पको रुपमा जनमत पार्टीका सांसद यादव तथा विधायकहरुलाई नै विजय बनाउँने बताएका छन् । स्थानिय महेश यादवले बैज्ञानिक डा. राउत मर्चवारमा आएपछि आफूलाई मर्चवारमा पनि अब बिकास हुने आशा पलाएको बताए । उनका अनुसार अब जनमत पार्टीलाई नै यसपटक भोट दिने माहोल बनिरहेको प्रतिकृया दिए ।

त्यस्तै , नाम उल्लेख नगर्ने सर्तमा मर्चवारका एक स्थानियले भने ,“ मर्चवारमा जनमतका यादवलाईनै भारी बहुमतले बिजय गराउने सोचिँरहेका छौँ । ”उनले भने , “यहाँका किसान वर्गको , युवाहरुको, दलित समुदायको , महिला , मुस्लिम लगाएतका सबै समुदायको भारोसा नै जनमत पार्टी हो । हामीले पढे लेखेको उम्मेदवारको साथै बैज्ञानिक डा. सीके राउतलाई देखेर अहिले हरन छापमा भोट दिन्छौँ । ”

जनमत पार्टीका केन्द्रीय सदस्य रामकेश गुप्ता पनि मर्चवारमा आफूहरु अन्य दुई उम्मेदवार भन्दा २० हजार अन्तरले अगाडी रहेको दावि गर्छन । जनताको लागि काम गर्ने पार्टीनै जनमत पार्टी रहेकोले अहिले जनमत संग कुनै पनि पार्टी र उम्मेदवारले प्रतिस्प्रर्धा गर्न नसक्ने उनले बताए ।

यस्तै, सांसद पदका उम्मेदवार भोपेन्द्र प्रसाद यादव पनि आफ्नो बिजय भैसकेको र औपचारिकताका लागि मंसिर ४ गते पर्खनु पर्ने बताए । यादवले आफूहरुले मर्चवारको परिवर्तनका लागि पटक पटक संघर्ष गरेको गर्नुको साथै. मर्चवारका किसान , दलित ,मुस्लिम लगाएतका पिछडा वर्गको हक र अधिकारका लागि मर्चवारको भुमिका रगत र पसिना बगाएको बताए । उनले किसानका लागि संघर्ष गर्दा पटक पटक सरकारबाट दमन भएको र झुटा मुद्धा लगाएर पटक पटक जेल जानु परेको तर मर्चवारका कुनैपनि नेताहरु किसानका पक्षमा एक शब्द पनि नबोलेको आरोप लगाए ।

मर्चवारमा रहेका महिला , दलित , मुस्लिम सहितका सधै शोषणमा परेका समुदायका लागि आफ्नो पार्टिले संघर्ष गरेको र अब आफूलाई मर्चवारवासीले बिजय बनाएर संसद पुराउने भन्दै संसदमा पुगेर मर्चवारको परिवर्तनका लागि आफू लागि पर्ने बताए । आफूले मर्चवारमा गरेको संघर्ष जनताले महषुस गरेकाले आफ्नो जित सुनिश्चित भैसकेको यादवले दावि गरे । जनमत पार्टीले प्रतिनिधी सभामा यादव संगै प्रदेश ४(क)मा जितेन्द्र नाथ शुक्ला (बब्लु) र (ख)मा अर्जुन जैसवाललाई उम्मेद्वार बनाएको छ ।

You might also like