पुराना नेतृत्वबाट देशको विकास हुँदैन , नयाँलाई रोजौँ : मन्त्री शाही

नवलपरासी, २५ कार्तिक ।
नवलपरासी(पश्चिम)का क्षेत्र नम्बर १का स्वतन्त्र उम्मेदवार अजय शाहीले पुराना नेतृत्वबाट देशको विकास नहुँने भन्दै त्यस्ता उम्मेदवारहरुलाई विदा गर्नुपर्ने बताए । लुम्बिनी प्रदेशका उद्योग , वाणिज्य तथा आपुर्ति मन्त्री समेत रहेका शाहीले मंसिर ४ गतेको निर्वाचन पछि पुराना र काम नगर्ने गफ गर्ने नेतालाई विदा गर्नुपर्ने बताए ।

शुक्रबार बर्दघाटमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै मन्त्री शाहीले नेपालकै डलर अर्वपति विनोद चौधरी सत्ता गठबन्धन नेपाली कांग्रेसको तर्फ बाट पाहुना उम्मेद्वारको रुपमा उममेद्वारी दिएको तर चौधरीले जनताको जनजिविकाको लागी भन्दा पनि आफ्नो व्यवसाय विस्तारका लागी आएको आरोप लगाए ।

उनले चौधरीलाई अहिले पैसाकै बलमा चुनाव जित्छु भन्ने दिवा सपना देखिरहेकोले यस्ता नेतृत्वलाई जिताउन नहुँने भन्दै जनताले राम्रो संग बुँझेको बताए । मन्त्री शाहीले अर्वपति चौधरी यस आगाडीनै विभिन्न दलबाट दुई दुई पटक समानुपातिक सांसद भएपनि आफ्नो क्षेत्रमा कुनै काम नगरेका कारण मतदाताले पत्याउने अवस्था समेत नरहेको भन्दै आरोप लगाए ।

साथै,शाहीले क्षेत्र नम्बर १का पुराना र पटक पटक विजय बनेका अर्का उम्मेदवार जनता प्रगतिशिल पार्टीका अध्यक्ष हृदेश त्रिपाठीले बारम्बर प्रतिनिधी मात्र भई मन्त्री समेत बन्दा पनि यस क्षेत्रको समस्या समाधानमा कुनै काम नगरेकोले जनताले बिकल्प खोजि रहेको बताए । नेकपा एमालेको समर्थन पाएपनि जनताको पक्षमा काम नगरेपछि त्रिपाठीको पनि जनाधार नभएको शाहीले बताए ।

अर्वपति चौधरी र पुराना नेता त्रिपाठीको विकल्पमा युवा र स्वतन्त्र उम्मेदवार आफूलाई माछा चिन्हमा मतदान गरेर विजय बनाउनु पर्ने शाहीले बताए । उनले देशै भरी स्वतन्त्रको माहोल रहेको र आफुले मन्त्री भएको एक वर्षमै २५ करोड भन्दा बढि बजेट ल्याएकाले पनि नवलपरासीका जनताले आफुलाई विजय बनाउने दावि गरे । शाहीले आगामी निर्वाचनमा नवलपरासी १मा मतदाताले माछा चुनाव चिन्हमा छाप लगाई भारि मतले विजयी गराउनेमा आफु विश्वस्त रहेको पनि उल्लेख गरे ।
कार्यक्रम कमल क्षेत्रीको सञ्चालनमा र नवीन चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

You might also like