मर्चवारमा लोकप्रिय बन्दै जनमत पार्टीका उम्मेदवार भोपेन्द्र यादव

कात्तिक १५, रुपन्देही ।
रुपन्देहीको क्षेत्र नम्बर ४ ,मर्चवारमा जनमत पार्टीका उम्मदेवार भोपेन्द्र प्रसाद यादव लोकप्रिय बन्दै गएका छन् । विगतमा मर्चवारलाई नै केन्द्र बनाएर मधेसी जनताको हक हितका लागि निरन्तर संघर्ष गर्दै आएका यादवलाई अहिले मर्चवारका जनताले उम्मेदवार पाउँदा खुसी भएको उनी निकट सचिवालयले जनाएको छ ।

पटक पटक नेताहरुले मर्चवारवासीलाई झुँक्याउने गरेको र चुनावको बेलामा मात्र अनेक बाचा गर्ने तर काम नगर्दा जनताको नेता जनमत पार्टीकै उम्मेदवार यादव पाएकोले हर्षित भएको स्थानिय मतदाताहरुले बताएका छन् ।
चुनावमा उम्मेदवारको रुपमा यादवलाई आफ्नै घरदैलोमा भट्दा कोहीले गित गाएर त केहीले आफ्ना समस्या सुनाएर उम्मेदवार संग खुसी साटा साट गरेको दृष्य देखिएका छन् ।
रुपन्देही जस्तो सुगम जिल्ला भएर पनि क्षेत्र नम्बर ४ मर्चवार सधै पछाडी परेकोले अबका दिनमा मर्चवार पछि पर्न नहुने जनमत पार्टीका उम्मेदवार यादवले बताए । मर्चवारलाई सधै नेताहरुले भोट बटुल्ने र आफू मन्त्री, सांसद बन्ने तर मर्चवारवासीका लागि कुनै काम नगर्ने परिपाटिबाट आजित बनेको बताउँदै यादवले त्यी पुराना नेताको बिकल्पकाे रूपमा जनताले आफुलाई खोजेको र रोजेको बताए ।

उनले भने, “यहाँका मतदाता , आम जनताको आग्रहमा नै म निर्वाचनमा उठेको हुँ । मर्चवारमा मैले रगत पसिना बगाएको छु । मर्चवारको परिवर्तन गर्न , मेरो बिकल्प छैन । यस पटक जनता सचेत भएका छन् , त्यसैले होरन छाप चिन्हमा मतदान गरी मलाई पक्कै विजय बनाउँछन् । ”

जनमत पार्टीका नेता रामदेव यादवले पनि मर्चवारमा जनमत पार्टीकै भोपेन्द्र प्रसाद यादव बिजय हुने दावि गर्छन् । चुनाव प्रचार प्रसारका बेलमा देखिएका दृश्य , यादवको प्रति जनताको विश्वास , विगतमा मर्चवारका जनता र किसानका समस्या समाधन गर्न यादवले गरेको संघर्ष आदि कारणले क्षेत्र नम्बर ४मा भोपेन्द्र यादवनै निर्वाचित हुने बलियो आधार रहेको बताए ।

यस्तै , पार्टीका केन्द्रीय सदस्य रामकेश गुप्ताले चुनावको समयमा मर्चवारमा पुग्दा जनमत पार्टीबाट धेरै आशा र भरोसा गरेको स्पष्ट हुने बताए । पार्टीका केन्द्रीय अध्यक्ष डा. सीके राउत र केन्द्रीय सचिव भोपेन्द्र प्रसाद यादवको नामको साथै चुनाव चिन्ह होरन छापलाई जनताले नविर्सने गरी याद गरेको बताए । मंसिर ४ गते मर्चवारबासीले भारी मतले जनमत पार्टीलाई बिजय बनाउने गुप्ताले दावि गरे ।

मर्चवारमा जनमतका यादव संगै लोक्तान्त्रिक समाजवादी(लेसपा)का वरिष्ठ नेता सवेन्द्र नाथ शुक्ला , नेपाली कांग्रेसबाट प्रमोद यादव र जनता समाजवादी पार्टी (जसपा)का ओमप्रकाश यादव लगाएतका नेता चुनावी प्रतिस्प्रर्धामा छन् ।

You might also like