नवलपरासी (पश्चिम) क्षेत्र नं. १ : अर्बपती चौधरी र पुराना नेता त्रिपाठीको विकल्प बन्न सक्छन् स्वतन्त्र उम्मेदवार उद्योग मन्त्री शाही


कात्तिक ५ ,बुटवल ।

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा क्षेत्र नम्बर १ अहिले सर्वत्र चासोको क्षेत्र बन्न पुगेको छ । डलर अर्वपती विनोद चौधरीले आफ्नो निर्वाचन क्षेत्र यसै क्षेत्रलाई बनाएर नेपाली कांग्रेसबाट उम्मेदवारी दिए पछि यो क्षेत्र सर्वत्र चासोको क्षेत्र बन्न पुगेको हो । यस क्षेत्रमा एमालेको सहयोगमा जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदेश त्रिपाठी स्वयम् प्रतिस्प्रर्धामा रहेका छन् ।

नवलपरासी जिल्लाबाट पाँच पटक जित हासिल गरेका हृदयेश त्रिपाठीले एमालेसँग तालमेल गरी आफ्नै पार्टिको चिह्नबाट चुनाव लड्न लागेका हुन् ।२०४८ साल यता दुई संविधानसभा निर्वाचनसहित ६ वटा संसदीय निर्वाचनमध्ये पाँच वटामा जितेका त्रिपाठी दोस्रो संविधानसभा निर्वाचनमा भने काँग्रेसका देवकरण प्रसाद कलवारसँग पराजित भएका थिए । नवलपरासीका जनताले पटक पटक निर्वाचित बनाई मन्त्री समेत बनेका त्रिपाठीको राम्रो प्रभाव रहेको बताईन्छ ।

एकातिर अर्बपति उद्योगी चौधरी भने अर्को तिर पुराना नेता त्रिपाठी दुवैलाई यस पटकको निर्वाचनमा नवलपरासी क्षेत्र नम्बर १का जनताले सहज रुपमा स्वीकार गर्न नसकिरहेको समयमा स्वतन्त्र रुपमा उम्मेदवारी दिएका अजय शाही गतिलो बिकल्प बन्नेमा कुनै दुविधा नभएको नवलपरासीका स्थानिय नेताहरु बताउँछन् ।
विगतमा हृदय त्रिपाठीलाई संद्यिय निर्वाचनमा सघाएर आफू प्रदेशमा बसेका शाही अहिले लुम्बिनी प्रदेशमा उद्योग , वाणिज्य तथा आपूर्ति मन्त्री हुन् । हृदय त्रिपाठीले अर्को पटक आफू चुनावमा नउठ्ने र शाहीलाईनै सघाउने प्रतिवद्यता जनाएको भएपनि अन्तत त्रिपाठी आफै उम्मेदवार बनेपछि मन्त्री शाही पनि स्वतन्त्रबाट नवलपरासी पश्चिम क्षेत्र नम्बर १मा उम्मेदवारी दिएका हुन् । शाहीले चुनाव चिन्ह माछा पाएका छन् ।

यता , विनोद चौधरीले अनेक स्टन्ट गरेर मतदाता बिच लोकप्रिय बन्ने कोसिस गरिरहेको भएपनि नवलपरासीका जनताले सहज रुपमा चौधरीलाई लिन सकेका छैनन् । देशका एक मात्र डलर अर्बपती चौधरी संग जनताको सहज पहुँचमा कमी हुनु , जिल्ला भन्दा बाहिरको नयाँ व्यक्ति उम्मेदवार हुनु , कांग्रेस भित्रकै असन्तुष्टी आदी कारणले चौधरीले सोचे जस्तो पैसाको बलमा चुनाव जित्न नसक्ने स्थानिय अगुवा मतदाताहरु बताउँछन् ।

त्यस्तै, जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदेश त्रिपाठीलाई छ पटक सम्म निर्वाचित गरी पठाएका नवलपरासीका जनताले फेरी पत्याउने अवस्था भने देखिदैन । एमालेकै सहयोगमा यस अघि पनि निर्वाचन जितेका त्रिपाठीलाई असन्तुष्ट एमाले कार्यकर्ताहरुले मत दिन्छन् भन्न सकिने अवस्था छैन । भने नवलपरासीले पटक पटक हेरी सकेका पुराना र टेस्टेड नेता त्रिपाठीको विकल्पको खोजी भैरहेको बदर्घाट देखी सुस्ता सम्मका चोक चोकमा चर्चा सुनिन्छ ।

दुबै नेताहरुको विकल्पको रुपमा पछिल्लो समय लुम्बिनी प्रदेशमा उद्योग ,वाणिज्य तथा आपुर्ति मन्त्री अजय शाहीलाई हेर्न थालिएको छ । क्षेत्र नम्बर १को दक्षिणी भेगमा राम्रो पकड भएका शाहीले ०७४को निर्वाचनमा नवलपरासी निर्वाचन क्षेत्र नम्बर १(ख)बाट स्वतन्त्र रुपमा विजय भएका थिए । प्रदेश सभाको निर्वाचनमा शाहीले १९ हजार ३३३ मत पाएका थिए भने उनका निकटम प्रतिस्पर्धी कांग्रेसका मुकुल कुमार आचार्यले १२ हजार ६०३ मत पाएका थिए । ६हजार ७सय३० मतान्तरले विजय भएका शाही मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधी सभाको निर्वाचनमा भने नवलपरासीको क्षेत्र नम्बर १बाट प्रतिनिधी सभाको लागि त्रिपाठी र चौधरीको बलियो बिकल्प हुन सक्ने देखिएको हो ।

मन्त्री समेत रहेका उम्मेदवार शाहीले चुनावको लागि मात्र आउने नेता तथा उम्मेदवारलाई जनताले राम्रो संग चिनेको र कोही धेरै पटक जितेका र मन्त्री समेत भएर पनि कुनै काम गर्न नसकेकोले आफुले जित्ने दावि गर्छन् । उनले भने ,“पछिल्लो समय नेपालमा राजनीतिक दलहरु प्रति जनताको पनि वितिष्णा छ । जनताको भावना अनुरुप नेताहरुले देशको लागि केहि योगदान गर्न सकेनन् । यस्तो अवस्थामा मैले जनभावना र पार्टीको ह्वईप पनि नलाग्ने हुँदा स्वतन्त्र रुपमा उम्मेदवारी दिएको छु । मैले जित्नेमा कुनै शंका नगर्दा हुन्छ । ” शाहीले आफूले स्वतन्त्र रुपमा प्रतिस्पर्दा गने र स्वतन्त्र रुपमै रहेर देश र जनताको सेवा गर्ने बताए ।

आफू मन्त्री भएको १३ महिनामै आफ्नो क्षेत्रमा २५ करोड बढिको बजेट ल्याएको शाहीको दावि छ । सबै राजनीतिक दहरुका व्यक्तिहरुले आफुलाईनै मतदान गर्ने र युवाहरुको रोजाई पनि आफूनै रहेकोले जति सुकै धनिमानि मान्छे आएपनि निर्वाचन आफुलेनै जित्ने शाहीले बताए ।

You might also like