कर्मचारी एशाेसियसनद्वारा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
बुटवल, आश्विन ९।
नेपाल नगरपालिका कर्मचारी एशाेसियसन इकाई बुटवल आयोजनामा नेपालीहरुका महान चाडपर्वहरु विजय दशमी, शुभ दिपावली, नेपाल संवत् तथा छठ पर्वका पुर्व सन्ध्यामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार सम्पन्न साे कार्यक्रम बुटवल उपमहानगरकाे सभाहलमा नेपाल नगरपालिका कर्मचारी एशाेसियसन इकाई समिति बुटवलका अध्यक्ष अनिलकुमार माण्डव्यकाे अध्यक्षता तथा बुटवल उपमहानगरपालिका नगर प्रमुख खेलराज पाण्डेकाे प्रमुख आतिथ्यता रहेकाे थियोे । संस्थाका सहसचिव राजकुमार श्रेष्ठको संचालनमा भएको साे कार्यक्रममा विशिष्ट अतिथिका रुपमा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा अर्याल, प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी , संगठनका केन्द्रीय महासचिव सितु प्रसाद श्रेष्ठ तथा केन्द्रीय सदस्य द्वय ज्ञान प्रसाद अर्याल , ठगिश्वर पाेखरेल, पुर्व इकाई अध्यक्ष माधव बश्याल, विभिन्न वडाका वार्ड अध्यक्षहरु तथा कार्यपालिका सदस्यहरुकाे समुपस्थिती रहेको थियो । उक्त कार्यक्रम बाेल्दै प्रमुख आतिथी पाण्डेले चार्डपर्वहरुका महत्त्व उजागर गर्दै कर्मचारीहरु र जनप्रतिनिधिहरुका सुमधुर सम्बन्धले नै सम्बृद्ध बुटवलकाे आधारशिला तय हुने हुदा कर्मचारीहरु थप उत्साहित भएर नगरबासीकाे सेवा प्रवाह लाग्न पर्ने भनाइ राखे । उनलेे अहिले बुटवल उपमहानगरपालिका बिकासका आधारशिलाहरु तय गर्ने दिशामा अग्रसर रहेकाे बताए ।
शुभकामना मन्तव्य राख्दै प्रमुख प्रशासकीय अधिकृत पन्थीले वुटवलले विगतमा स्थापित गरेको शाखलाइ निरन्तरता दिनकालागि कर्मचारी र जनप्रतिनिधि वीच सहकार्य अनिवार्य रहेको वताए । मन्तव्य राख्दै संगठनका केन्द्रीय महासचिव श्रेष्ठले कर्मचारीहरुका सवालमा हुने निर्णय प्रकृयामा संगठनसंग आवश्यक समन्वय गर्न सुझाव दिएका थिए । कार्यक्रममा सहभागीहरु लाई स्वागत मन्तव्य इकाईका उपाध्यक्ष दिनेश काजी बज्राचार्यले राखेका थिए।