लायन्स क्लब अफ् बुटवल मणिमुकुन्द युथ द्वारा खाद्यान्न बितरण
०८ भदौ /बुटवल ।लायन्स क्लब अफ् बुटवल मणिमुकुन्द युथ द्वारा शनिवार निलकण्ठ धाम दिपनगर मा खाद्यान्न बितरण गरेको छ। कार्यक्रम क्लब का संस्थापक अध्यक्ष कमल थापा क्षेत्री को प्रमुख आथित्यतामा सम्पन्न भयको थियो । प्रमुख अतिथी क्षेत्री ले सामाजिक क्षेत्रको बिकासका लागि लायन्स क्लबहरुको भुमिका महत्वपूणर् हुने भन्दै क्लब हरुको सक्रियताले मात्रै समाजमा नयाँ र आबश्यक कामहरु अगाडी बढन सक्ने बताउनु भयो ।
साथै लायन्सका माध्यमबाट सामाजिक क्षेत्रमा लायन्सकर्मी भयर समाजमा योगदान गर्दा आत्मिय पुर्ण सन्तुष्टि प्राप्त हुदा अझ समाजमा केही सामाजिक कार्य गर्न उत्प्रेरणा मिलेको भनाइ राखेका थिए । त्यस्तै कार्यकम का बिशिस्ट अतिथी निलकण्ठ धाम का चेतनारायन गुरुले क्लब ले यस्तो धार्मिक तथा सामाजिक कार्य गर्न सहयोग गरेकोमा यो क्लबलाइ सदैब येस्तो कार्यगर्ने उतप्रेरणा मिलोस भन्ने शुभकामना दिनु भएको थियो । क्लबका अध्यक्ष दिपक गौतम ले आफू यस्तो क्लब मा प्रवेश गर्नु को प्रमुख कारण सामाजिक सेवा नै भयको बताउदै अझ आगामी दिनमा आफ्नो कमाइ ( आम्दानी ) र क्षमताले भ्यायसम्म कहिलै पनि समाज सेवाबाट पछि नहट्ने गरि समाज र आफू भन्दा कम भाग्यमानी लाई सदैब सहयोग गर्ने प्रतिबद्धता समेत जाएर गरेका थिए।
त्यस्तै कार्यक्रम संयोजक तथा क्लबका सचिब टिकाराम पन्थीले आफ्नो क्लबले वा आफुले कसैलाइ सहयोग गर्दा अरु ( सहयोग लिने पक्ष ) खुसी तथा आत्मसन्तुष्टि भयो भने त्यो नै आफ्नो सन्तुष्टि हुने र अझै समाजमा केही गर्नु पर्छ र ती आज सहयोग लियका ब्यक्ति पनि आफू केही तालिम तथा मिहेनत गरि पुनः अरुलाइ पनि केही सहयोग दिने खालको पनि बनाउनु पर्ने कुरामा जोड दियका थिये । सो कार्यक्रम मा क्लब का अधिकाश पदाधिकारी तथा सदस्यहरु को उपस्थिति रहेको थियो