बिष्ट र झाक्रीलाई टक्कर दिन आए स्वतन्त्र उम्मेदवार बिजय पोख्रेल
गुल्मी – गुल्मी निर्वाचन क्षेत्र नम्बर २ मा चुनावी माहोल छाएको छ । कुनै पनि स्वतन्त्र उम्मेदवारले दावी नगरेको यो क्षेत्रमा २४ बर्षिय बिजय पोख्रेल (सुवास)ले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन । समग्र युवाहरुको प्रतिनिधि पात्रको रुपमा आफुले उम्मेदवारी घोषणा गरेको उनले बताए ।
पोख्रेल भन्छन – `हाम्रो क्षेत्रमा धेरै समय राजनैतिक चपेटाले गर्दा बिकास हुन सकेन , अव स्वतन्त्र उम्मेदवार बनेर जितेपछी बिकासका गतिबिधीले छल्याङ मार्नेछन´। स्थानीय स्तरमा विकासको ढोका खोल्न र व्यापक रोजगारी तथा उद्यमशिलता विकास गर्नको निम्ति पोख्रेलले गुरुयोजना बनाइराखेको बताएका छन् । यस क्षेत्रको व्यवस्थित विकासको निम्ति खेतीयोग्य र आवासीय जमिनलाई छुट्याएर सोहीबमोजिम जमीनको वर्गीकरण गरी विकास कार्यलाई अघि बढाउनु जरुरी रहेको उनी बताउँछन् ।
‘नेपालमा व्यवसायीक क्षेत्रमा परिवर्तन ल्याउनुपर्छ, पहिला आफ्नो घर नै बनाउनुपर्छ, मेरो घर भनेको नेपाल हो, म नेपाल बनाउँछु, देशमा व्यावसायिक र आर्थिक क्रान्ति ल्याउँछु त्यसका लागि मलाई मतदान गर्नुहोस पोख्रेल भन्छन ।
पुर्वमन्त्री गोकर्ण बिष्ट र रामकुमारी झाक्रीको निर्वाचन क्षेत्र समेत रहेको यो क्षेत्रमा संघीय निर्वाचनमा नेकपा एमाले बाट गोकर्ण बिष्ट सिफारिस भएका छन भने गठबन्धन रहेमा रामकुमारी झाक्री सर्वसम्मत उम्मेदवार हुने सम्भावना प्रवल छ ।