डाइरेक्टोरि बिमोचन र तिज मिलन कार्यक्रम सम्पन्न
लायन्स क्लब अफ बुटवल मुक्तिनाथको ७ औ वार्षिक उत्सब, डाईरेक्टोरी बिमोचन र तिज मिलन कार्यक्रम मिती 2079/05/12 गते आईतवारका दिन एसियन पार्टी प्यलेस इटाभट्टीमा भब्यताका साथ सम्पन्न भएको छ । क्लबका अधक्ष्य लायन कृष्ण प्रसाद आचार्यको अधक्ष्यतामा भएको कार्यक्रममा डिस्ट्रिक ३२५ पि का गभर्नर पि एम जे अफ लायन नमराज न्यौपाने ज्युले प्रमुख आतिथ्यता गर्नुभएको थियो भने सो कार्यक्रम क्लबका प्रथम उपाधक्ष्य गोबिन्द प्रसाद बन्जाडेले सम्योजन गर्नुभएको थियो । कार्यक्रममा डिस्ट्रिकका थुप्रै ब्याक्तीहरुको उपस्थिती थियो भने राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहेको थियो । सो कार्यक्रममा प्रथम उपाधक्ष्य गोबिन्द प्रसाद बन्जाडेले स्वागत मन्तब्य राखनु भ्एको थियो। कार्यक्रममा गभर्नर नमराज न्यौपाने ज्यु, डिस्ट्रिक चिफ तथा पूर्व अधक्ष्य लक्ष्मण रेग्मी ज्यु, गणेश भट्टराई ज्यु लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा संस्थापक अधक्ष्य बिनोद पौडेल लगयत संस्थापक सदस्यज्यु हरुलाई सम्मान गरिएको थियो उक्त ।कार्यक्रम सचिब छबिलाल पाण्डेले सन्चालन गर्नुभएको थियो
.