‘जनताको साथमा कांग्रेस’ अभियान सफल बनाउन कांग्रेस लुम्बिनीले खटायो प्रतिनिधि (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको राष्ट्रव्यापी ‘जनताको साथमा कांग्रेस’ अभियान सफल बनाउन कांग्रेस लुम्बिनी प्रदेशले प्रदेशका सबै निर्वाचनमा क्षेत्रमा प्रतिनिधि खटाएको छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश सभा सदस्य निर्वाचन केन्द्रीत रहेर कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिको साउन २९ गते बसेको बैठकको निर्णय अनुसार पदाधीकारी एवं सदस्यहरुलाई प्रदेशका सबै निर्वाचनमा केन्द्रमा खटाईएको प्रदेश सभापति अमरसिंह पुनले जानकारी दिए ।

‘जनताको साथमा कांग्रेस’ अभियान भदौ १० गतेबाट सुरु हुँदैछ । यसअघि कांग्रेस केन्द्रीय समितिले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिहरूलाई खटाइसकेको छ । साथै, अभियान सुरु हुनु दुई दिन अघि नै जिल्लामा पुग्न निर्देशन दिइसकेको छ ।

कांग्रेस लुम्बिनी प्रदेशले उपसभापतिद्धय भुवनप्रसाद श्रेष्ठलाई अर्घाखाँची (क) र राजु खनाललाई बाँके २ (क) मा खटाएको छ । महामन्त्रीद्धय सुरेन्द्र आचार्यलाई दाङ १ (क), बिक्रम खनाललाई रुपन्देही १ (क), कोषाध्यक्ष प्रकाश रानालाई नवलपरासी २ (क) मा खटाएको छ ।

सहमहामन्त्रीहरु विष्णुप्रसाद खनाल मुस्कानलाई गुल्मी १ (ख), खगराज पाण्डेलाई बर्दिया १ (ख) र निमा गिरीलाई रुपन्देही ३ (ख) मा खटाएको छ भने प्रवक्ता प्रचण्ड विक्रम न्यौपानेलाई बर्दिया २ (क) मा खटाएको छ ।

सदस्यहरु कहाँ कहाँ खटिए ?

You might also like