रुपन्देहीका अग्रज पत्रकार बसन्त पोखरेलको निधन

बुटवल,साउन ३१ ।

रुपन्देहीका अग्रज पत्रकार बसन्त पोखरेलको निधन भएको छ । उनको गएराति आफ्नै निवास बुटवल १३ बेलबासमा ६८ बर्षको उमेरमा निधन भएको हो । उनका श्रीमती, दुई छोरा एक छोरी छन् ।

उनी बुटवल टुडेका सल्लाहाकार सम्पादक समेत हुन् । पोखरेलले स्थापना कालदेखि बुटवल टुडेमा सम्पादकको रुपमा काम गर्दै आएका थिए ।

पोखरलेको निधनले नेपाली पत्रकारितामा नै ठुलो क्षेती पुगेको नेपाल पत्रकार महासंघ रुपन्देहीका सभापति रामराज पोखरेलले जानकारी दिए ।

स्वतन्त्र पत्रकारिताको आन्दोलनमा उनको भुमिका अहम रहेको थियो । पोखरेल,लेखक तथा साहित्यकार समेत हुन् ।

You might also like