आगामी ४ मंसिरमा एकै चरणमा संघ र प्रदेशको निर्वाचन गर्ने सरकारको निर्णय

काठमाडौं। सरकारले एकै चरणमा संघ र प्रदेशको निर्वाचन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी २०७९ साल मंसिर ४ गते आइतबार एकैचरणमा संघ र प्रदेशको निर्वाचन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

बुधबार बसेको पाँच दलीय सत्तारुढ गठबन्धनमा आगामी ४ मंसिरमा एकै चरणमा निर्वाचन गर्ने सहमति भएको थियो । साथै, निर्वाचन आयोगले पनि सोही मितिमा निर्वाचनको मिति तोक्न सरकारलाई सिफारिस गरिसकेको थियो ।

You might also like