तीजलाई संस्कृति संरक्षण र पर्यटन प्रवर्द्धनसँग जोड्दै दर खाने कार्यक्रम सम्पन्न

रूपन्देही
सञ्चारिका समूह रूपन्देही नेपालले हरितालिका तीजलाई संस्कृति संरक्षण र पर्यटन प्रवर्द्धनसँग जोड्दै दर खाने कार्यक्रम सम्पन्न गरेको छ। महिला पत्रकारबीच अन्तरक्रियासहित आयोजित कार्यक्रममा वक्ताहरूले तीजलाई मौलिकता जोगाउँदै महोत्सवका रूपमा अघि बढाउनुपर्ने धारणा राखे।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेस लुम्बिनी प्रदेशसभाकी प्रमुख सचेतक जमुना ढकालले तीज पर्व महिलाले मात्रै मनाउने पर्व भएकाले यसमा धेरै नै टिकाटिप्पणी हुने गरेको बताइन् । उनले तीजलाई दुख–सुख साट्ने चौतारोका रूपमा व्याख्या गर्दै सामूहिक प्रयासमार्फत मौलिकता जोगाउनुपर्नेमा जोड दिइन्।
त्यसैगरी सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले पर्वहरूले केवल सामाजिक एकता मात्र हैन, अर्थतन्त्रलाई समेत चलायमान बनाउने बताइन्। उनले चाडपर्वलाई विकृतिको दृष्टिले होइन, संस्कृतिको जगेर्ना गर्ने अवसरको रूपमा लिन जरुरी रहेको समेत उल्लेख गरिन। सञ्चारिका समूह लुम्बिनी प्रदेश अध्यक्ष अमृता अनमोलले महिलाहरू तीजमा सहभागी हुन निस्किँदा अझै पनि टिकाटिप्पणी हुने गरेको उल्लेख गरिन्। उनका अनुसार मौलिकताको वास्तविक अर्थ नबुझ्दा समस्या थपिएको छ।

नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य रामराज पोखरेल,
नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश उपाध्यक्ष रामप्रसाद (आरपी) आचार्य , नेपाल पत्रकार महासङ्घ रूपन्देही अध्यक्ष दिनेश पाण्डे, क्रियाशील महिला पत्रकार रूपन्देहीकी संस्थापक अध्यक्ष भगवती पाण्डे, सञ्चालिका समूह रूपन्देहीका पूर्व अध्यक्ष निरु गौतम लगायतले बोल्दै तीज पर्व समयक्रम अनुसार परिवर्तन भएको बताए हिजो चौतारा चौरमा गाइने तीजका गीतहरु अहिले पार्टी प्यालेसहरुमा घन्किने गरेको उनीहरूको तर्क थियो। सञ्चारिका समूह रूपन्देही अध्यक्ष मिना ढकालको अध्यक्षता, उपाध्यक्ष अस्मिना पाण्डेयको स्वागत र महासचिव छाँया पन्तको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।

You might also like