एनएमबि बैंकका ग्राहकलाइ मेगा इम्पेरियल कन्सल्टेन्सी सर्भिसमा २० प्रतिशत छुट

बुटवल । एनएमबि बैंक लिमिटेड र बुटवल होराइजन चोक स्थित मेगा इम्पेरियल कन्सल्टेन्सी सर्भिसका बीच एक सम्झौता भएको छ। सम्झौताअनुसार एनएमबि बैंकका ग्राहकले बैकिङ्ग रोजगार सम्बन्धि विभिन्न कोर्सहरु तथा आयल्स र पिटि कोर्समा २० प्रतिशत छुट पाउनेछन् ।

सम्झौतामा एनएमबि बैंक लिमिटेड लुम्बिनी प्रदेश प्रमुख शम्भु प्रसाद पराजुली र मेगा इम्पेरियल कन्सल्टेन्सी सर्भिसका संचालक त्रिभुवन भण्डारीले हस्ताक्षर गर्नुभएको छ ।
एनएमबि बैंक लिमिटेड ड्राइभरटोल शाखा प्रबन्धक अमित पौडेल र मेगा इम्पेरियल कन्सल्टेन्सी सर्भिसका संचालक त्रिभुवन भण्डारीले उक्त हस्ताक्षरित सम्झौता आदानप्रदान गर्नुभएको थियो । यो सम्झौता एकबर्षको लागि हुनेछ। दुई पक्षको सहमतिले आवश्यकता अनुसार थप समय बढाउन सकिनेछ।
सम्झौताले एनएमबि बैंक लिमिटेडमा खाता खोल्नुभएका सम्पूर्ण ग्राहक महानुभावहरु लाभान्वित हुने एनएमबि बैंक ड्राइभरटोल शाखा प्रबन्धक अमित पौडेलले विस्वास व्यक्त गर्नुभयो।
छुट पाउनको लागि एनएमबि बैंक लिमिटेडको खाताबाट भुक्तान गर्नुपर्ने हुन्छ । भुक्तानीको लागि एनएमबि बैंक लिमिटेडको फोन पे, एटीएम, क्रेडिट कार्ड, ईन्टरनेट बैकिङ्ग, मोबाइल बैकिङ्ग, आइपिस, क्युआर कोड प्रयोग गर्नुपर्ने एनएमबि बैंक ड्राइभरटोल शाखाका कर्मचारी अनुपम कार्कीले बताउनुभयो ।

You might also like