एनएमबि बैंकका ग्राहकलाइ ड्राइभरटोलको होटल टुलिपमा १० प्रतिशत सम्म छुट

बुटवल । एनएमबि बैंक लिमिटेड र रुपन्देहीको तिलोत्तमा ड्राइभरटोल स्थित होटल टुलिप प्रालि बीच एक सम्झौता भएकोछ। सम्झौताअनुसार एनएमबि बैंक लिमिटेडका ग्राहकले होटल टुलिपको फुड आइटम तथा एकोमोडेसनमा १० प्रतिशत र बेवरेज आइटममा ५ प्रतिशत छुट पाउनेछ्न् ।

सम्झौता पत्रमा एनएमबि बैंक लिमिटेड लुम्बिनी प्रदेश प्रमुख शम्भुप्रसाद पराजुली र होटल टुलिप प्रालिका संचालक सौगात घिमिरेले हस्ताक्षर गर्नुभएको छ।
एनएमबि बैंक लिमिटेड ड्राइभरटोल शाखाका कर्मचारी अनुपम कार्की, इन्दु जैसीको उपस्थितिमा एनएमबि बैंक ड्राइभरटोल शाखा प्रबन्धक अमित पौडेल र होटल टुलिप प्रालिका संचालक सौगात घिमिरेले हस्ताक्षरित सहमतिपत्र आदानप्रदान गर्नुभएको थियो। यो सम्झौता एक वर्षको लागि हुनेछ र दुई पक्षको आपसी सहमतिले आवश्यकता अनुसार थप समय बढाउन सकिने उल्लेख गरिएको छ ।
सम्झौताले एनएमबि बैंक लिमिटेडका सम्पूर्ण ग्राहकबर्गहरु लाभान्वित हुने शाखा प्रबन्धक अमित पौडेलले विस्वास व्यक्त गर्नुभयो ।
छुट पाउनको लागि एनएमबि बैंक लिमिटेडको खाताबाट भुक्तान गर्नुपर्ने हुन्छ । भुक्तानीको लागि एनएमबि बैंक लिमिटेडको फोन पे, एटीएम, क्रेडिट कार्ड, ईन्टरनेट बैकिङ्ग, मोबाइल बैकिङ्ग, आइपिस, क्यु आर कोडको अनिवार्य प्रयोग गर्नुपर्ने होटलका संचालक सौगात घिमिरेले जानकारी दिनुभयो ।

You might also like