एनएमबि बैंकका ग्राहकलाइ भैरहवाको सन स्टार होटल इन्टरनेसनलमा २० प्रतिशत छुट

बुटवल । एनएमबि बैंक लिमिटेड र रुपन्देहीको सिद्धार्थनगर भैरहवास्थित सन स्टार होटल इन्टरनेसनल प्रालि बीच एक सम्झौता भएकोछ। सम्झौताअनुसार एनएमबि बैंक लिमिटेडका कर्मचारी र ग्राहकले फुड आइटममा १० प्रतिशत र एकोमोडेसनमा कर्मचारीले २० प्रतिशत र ग्राहकले १५ प्रतिशत छुट पाउनेछ्न् ।

सम्झौता पत्रमा एनएमबि बैंक लिमिटेड लुम्बिनी प्रदेश प्रमुख शम्भु प्रसाद पराजुली र सन स्टार होटल इन्टरनेसनल प्रालिका अध्यक्ष सन्जु ज्ञवालीले हस्ताक्षर गर्नुभएको छ।

एनएमबि बैंक लिमिटेड भलवारी शाखाका रिलेसनसिप म्यानेजर बिष्णु अर्याल, होटलका संचालक राजेस महोत्रा क्षेत्रीको उपस्थितिमा एनएमबि बैंक भलवारी शाखा प्रबन्धक सुवर्ण आचार्य र सन स्टार होटल इन्टरनेसनल प्रालिका अध्यक्ष सन्जु ज्ञवालीले हस्ताक्षरित सहमति पत्र आदानप्रदान गर्नुभएको थियो। यो सम्झौता एक वर्षको लागि हुनेछ र दुई पक्षको आपसी सहमतिले आवश्यकता अनुसार थप समय बढाउन सकिने उल्लेख गरिएको छ ।

सम्झौताले एनएमबि बैंक लिमिटेडका सम्पूर्ण स्टाफ एवं एनएमबि बैंक लिमिटेडमा खाता खोल्नुभएका सम्पूर्ण ग्राहकबर्ग लाभान्वित हुने शाखा प्रबन्धक सुवर्ण आचार्यले विस्वास व्यक्त गर्नुभयो । छुट पाउनको लागि एनएमबि बैंक लिमिटेडको खाताबाट भुक्तान गर्नुपर्ने हुन्छ । भुक्तानीको लागि एनएमबि बैंक लिमिटेडको फोन पे, एटीएम, क्रेडिट कार्ड, ईन्टरनेट बैकिङ्ग, मोबाइल बैकिङ्ग, आइपिस, क्यु आर कोडको अनिवार्य प्रयोग गर्नुपर्ने होटलका अध्यक्ष सन्जु ज्ञवालीले जानकारी दिनुभयो ।

You might also like