एनएमबि बैंकका ग्राहकलाइ ओम महिला तथा बाल अस्पतालमा १० प्रतिशत सम्म छुट
बुटवल । एनएमबि बैंक र रुपन्देहीको तिलोत्तमा स्थित ओम महिला तथा बाल अस्पताल बीच एक सम्झौता भएको छ ।
सम्झौता अनुसार एनएमबि बैंकका ग्राहकले उक्त अस्पतालबाट प्रदान गरिने सेवाहरुमा १० प्रतिशत र फार्मेसीमा ५ प्रतिशत छुट पाउने भएका छन् ।
सम्झौतामा एनएमबि बैंक लुम्बिनी प्रदेश प्रमुख शम्भु प्रसाद पराजुली र ओम महिला तथा बाल अस्पतालका अध्यक्ष शारदा तिवारीले हस्ताक्षर गर्नुभएकोछ ।
एनएमबि बैंक बुटवल शाखा प्रबन्धक नविन पोख्रेल र ओम महिला तथा बाल अस्पताल अध्यक्ष शारदा तिवारीले हस्ताक्षरित सम्झौता आदानप्रदान गर्नुभएको थियो । सम्झौता एकबर्षको लागि हुनेछ । दुई पक्षको सहमतिले आवश्यकता अनुसार थप समय बढाउन सकिनेछ।
सम्झौताले एनएमबि बैंकका सम्पूर्ण कर्मचारी एवं एनएमबि बैंकमा खाता खोलेका सम्पूर्ण ग्राहकहरुले सुबिधा लिइ लाभान्वित हुने बुटवल शाखा प्रबन्धक नविन पोख्रेलले विस्वास व्यक्त गर्नुभयो ।
छुट पाउनको लागि एनएमबि बैंकको खाताबाट भुक्तान गर्नुपर्ने हुन्छ । भुक्तानीको लागि एनएमबि बैंकको फोन पे, एटीएम, क्रेडिट कार्ड, ईन्टरनेट बैकिङ्ग, मोबाइल बैकिङ्ग, क्यु आर कोड लगायतका डिजिटल माध्यम प्रयोग गर्नुपर्ने बिडिएम कविता गौतमले जानकारी दिनुभयो ।