काँग्रेसले देवदहमा गरेको वक्तृत्वकलामा ग्रीनप्लान्टका धमला प्रथम

नेपाली काँग्रसले आयोजना गरेको अन्तर माध्यमिक विद्यालय वक्तृत्वकला प्रतियोगितामा देवदहको ग्रीनप्लान्ट आवासीय माध्यमिक विद्यालयका आर्यन धमला प्रथम भएका छन् । उनले प्रतियोगितामा सहभागि ३५ प्रतियोगिलाई पछि पार्दै प्रथम भएका हुन् । उनलाई प्रमाणपत्र सहित ८ हजार रुपैंया नगद पुरस्कार प्रदान गरिएको छ ।
नेपाली काँग्रेस क्षेत्र नं. १ रुपन्देहीले विपि स्मृति दिवसको अवसरमा शनिबार देवदहमा ‘बहुआयामिक व्यक्तित्व विशेश्वरप्रसाद कोइराला’ विषयमा आयोजना गरिएको वक्तृत्वकला प्रतियोगितामा क्षेत्र नं. १ का ३६ विद्यालय सहभागि भएका थिए । प्रतियोगितामा प्रविण नेपाली द्वितीय, जैविक पाठक तृतीय तथा दीक्षा केसी र ऋचा दुवे सान्त्वना भएका छन् । उनीहरुलाई प्रमाणपत्र सहित क्रमशः द्वितीयलाई ६ हजार, तृतीयलाई ४ हजार र सान्त्वना दुई जनालाई जनही १ हजार ५ सय रुपैंया नगद पुरस्कार प्रदान गरिएको क्षेत्रीय सचिव विजय गुरुङले जानकारी गराउनु भयो ।
उनीहरुलाई नेपाली काँग्रेसका सहमहामन्त्री वद्रि पाण्डे, केन्द्रीय सदस्य अब्दुल रज्जाक, क्षेत्रीय सभापति हिराबहादुर खत्री लगायतका नेताहरुले पुरस्कार प्रदान गर्नुभएको थियो । त्यस्तै प्रतियोगितामा सहभागि भएका विद्यार्थी र विद्यालयलाई पनि सहभागिताको प्रमाणपत्र प्रदान गरिएको छ ।

You might also like