नेपाल प्रेस युनियन राष्ट्रिय समाचार समिति (रासस) प्रतिष्ठान शाखाको अध्यक्षमा पूर्णप्रसाद मिश्र निर्वाचित भएका छन् ।

२९ असार, काठमाडौं । नेपाल प्रेस युनियनका केन्द्रीय अध्‍यक्ष शिव लम्सालको रोहवरमा शाखाको शुक्रबार सम्पन्न साधारण सभाले मिश्रको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ ।
शाखाको उपाध्यक्षमा चेतबहादुर अधिकारी (सीबी) र महिला उपाध्यक्षमा रोशा बस्‍नेत निर्वाचित भएका छन् ।
शाखाको सचिवमा कमल कुमार बस्‍नेत, सहसचिव उमा शर्मा र कोषाध्यक्षमा सृजना राई निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै सदस्यहरूमा मैना थापा, मुना कार्की, लक्ष्मी सापकोटा, उदीप यादव र किरणराज विष्ट चयन भएका छन् ।
शाखाको अधिवेशनका लागि नेपाली कांग्रेस प्रचार विभागका सदस्य एवं केन्द्रीय प्रतिनिधि इन्द्र रिजाल खटिएका थिए ।
नयाँ कार्यसमिति चयनका लागि राससका वरिष्ठ समाचारदाता राजाराम कार्कीको संयोजकत्वमा वरिष्ठ समाचारदाता नारायणप्रसाद न्यौपाने र रासस अङ्ग्रेजी शाखाका वरिष्ठ सम्पादक पवित्रा गुरागाईं रहेको निर्वाचन समिति गठन गरिएको थियो ।
यसअघि साधारण सभाको नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल, राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा, कांग्रेसका युवा सांसद प्रदीप पौडैल, प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष जीवन भण्डारी, प्रेस युनियनका केन्द्रीय महासचिव दिलीप पौडेललगायतले उद्घाटन गरेका थिए ।

You might also like