कार्यालय प्रमुखलाई मुख्यमन्त्रीको निर्देशन एक्सन प्लानमा काम गर्नुहोस’

दाङ, २७ असार
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले कार्य योजना मार्फत विकासका कामहरु गनुपर्ने बताएका छन । प्रदेश सरकार अन्तगत दाङ जिल्लामा रहेका कार्यालय प्रमुखहरुलाई कार्ययोजना बनाएर कार्य सम्पादन गर्ने निर्देशन समेत दिएका छन ।
दाङ जिल्लाका कार्यालय प्रमुखहरुलाई निर्देशन दिदै मुख्यमन्त्री चौधरीले जनताले प्रत्यक्षरुपमा अनुभूतिगर्ने गरि विकास निर्माणका काम गर्न र ती कामहरु कार्यालयले कार्ययोजना बनाएर मात्र सञ्चालन गर्न आग्रह गरे । विकास र समृद्धिका लार्गि एक्सन प्लान’ बनाएर काम गरौ मुख्यमन्त्री चौधरीले भने, जसले परिनाम पनि राम्रो र उत्कृष्ट दिन सकोस । उनले काम गर्दा अलमल गर्ने, ढिला सुस्ती गर्ने काम बन्द गर्न र जनताको आबश्यता अनुसार त्यो पनि उत्पादन मुलक काममा ध्यान दिन निर्देशन गरे ।
बुधवार दाङको घोराहीमा भएको कार्यक्रममा मुख्यमन्त्री चौधरीले कार्यालयको कार्य सम्पादन प्रभावकारी बनाउन आग्रह समेत गरे । जनताको नजिकको सरकार जिल्लागत कार्यालयह भएको भन्दै त्यो अनुसारको सेवा प्रवाह र कार्यसम्पादन हुनु पर्ने उनले बताए । मुख्यमन्त्री चौधरीले कार्यालयमा क्षेत्रगत कामको विभाजन गरि कार्यसम्पादन गर्न र आबश्यक जनशक्तिलाई समेत त्यहि अनुसार व्यवस्थापन गर्न निर्देशन दिए । उनले हरेक योजना उत्पादन र रोजगारसंग जोड्नु पर्ने बताए ।
कार्यालय प्रमुखहरुले आर्थिक वर्ष २०७९÷२०८०को प्रगति प्रतिवेदन र आर्थिक वर्ष २०८०÷०८१ योजानाको विषयमा जानकारी गराएका थिए । उनीहरुले साना योजनाहर धेरै भएको हुदा कार्यान्वयनमा समेत समस्या रहेको र कार्यान्वयनका लागि प्राविधिक जनशक्ति सकेत कम रहेको बताएका थिए । उनीहरुले चालु आर्थिक वर्षमा सन्तोष जनक प्रगति रहेको जानकारी गराएका थिए । जिल्लामा पूर्वाधारका कामहरुको प्रगति ८० प्रतिसत माथि रहेको जानकराी गराइएको थियो । खानेपानीका केही पुराना योजना आर्थिक अभावका कारण पुरा हुन नसकेको जानकारी गराइएको थियो । भने कृषि र भेटेनरी कार्यालयका योजनाहरु रोगगारसंग जोडन सकिने बताइएको थियो ।
कार्यक्रममा स्वास्थ्य मन्त्री राजु खनालले जिल्लामा देखिने गरि काम गर्न आग्रह गरे । उनले योजनालाई समयमा पुरा गर्ने वातावरण कार्यालयले निर्माण गर्नु पर्ने बताए । योजना आयोगका उपाध्यक्ष डा नहकुल केसीले जनतासंग जोडिएर काम गर्नु पर्ने बताए । उनले योजना गत रुपमा कार्य क्षेत्र निर्माण गर्ने र प्रगतिको समिक्षा गर्दे योजना निर्माण गर्नु पर्ने बताए । त्यसो भएमा प्रगति र उपलब्धी दुवै हुने बताए ।

You might also like