“लुम्बिनी प्रदेश बाट बाग्मति प्रदेशले सिक्नयोग्य छ ।” सभामुख भुवन कुमार पाठक

दाङ (राप्ती उपत्यका ) । अन्तर प्रदेश अवलोकन भ्रमणमा रहनु भएको बाग्मती प्रदेश सभाका सभामुख भुवन कुमार पाठक, उप सभामुख अप्सरा चापागाईं खत्री सचीव कृष्ण हरि खड्काको भ्रमण टाेलिले आज लुम्बिनी प्रदेश सभा भवनको अवलोकन गर्नुका साथै भेटबार्ता गर्नु भएको छ । उहाँहरुलाई लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगर, उप सभामुख मेनुका खाड केसी,सचीव दुर्लभ पुन मगरले स्वागत गर्नु भयो । बाग्मति प्रदेशका सभामुख पाठकले लुम्बिनी प्रदेशले नयाँ स्थानमा पनि राम्रो संग राजधानी ब्यावस्थापन गर्न सफल भएको बताउनु हुँदा प्रसम्सा गर्नु भयो । उहाँले भन्नुभयो – “सभाको संरचना सोचे भन्दा राम्रो भएछ । यो हाम्रो प्रदेशले पनि सिक्नयोग्य छ ।” लुम्बिनी प्रदेशका सभामुख घर्ती मगरले कानुन निर्माण र सभाको कार्य सम्पादनमा अन्तर प्रदेश भ्रमणले टेवा पुर्याउने बिश्वास व्यक्त गर्नु भयो । सो अवसरमा बाग्मती प्रदेशका सभामुख पाठकले लुम्बिनी प्रदेशका माननीय सभामुख, उपसभामुखलाइ भ्रमणको लागी औपचारिक निम्ता दिनु भयो ।

You might also like