नेपाली काँग्रेसले राष्ट्रपतिमा आफ्नो दाबी नछोड्ने अडान

शुक्रवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको माओवादी केन्द्र,
नेकपा (एकीकृत समँजवादी) र जनता समाजवादी पार्टी, नेपालसँगको छलफलमा
काँग्रेसले आफ्नो अडान राखेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै
नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले बैठकमा आफ्नो पार्टीले
राष्ट्रपतिमा उम्मेदवारीमा स्वभाविक दाबी गरेको बताउनु भयो । बैठकमा
काँग्रेस बाहेकका दलहरुले पनि राष्ट्रपतिमा आफ्नो आफ्नो दाबी गरेको बताउनु
भयो । महामन्त्री थापाले प्रश्तावमा आएका नामहरुका बारेमा दलहरुले
आफ्नोआफ्नो पार्टीमा छलफल गरी पुनः ५ बजे बैठक बस्ने सहमति भएको बताउनु भयो

महामन्त्री थापाले काँग्रेसको उम्मेदवारमा अन्य राजनीतिक दलहरुले पनि सहयोग
गर्ने अपेक्षा राखेको बताउनु भयो । उहाँले अन्य दलहरुले पनि काँग्रेस
बाहेकका दलका उम्मेदवारलाई राष्ट्रपतिमा सहयोग गर्नुपर्ने अडान लिएको
बताउनु भयो ।

You might also like