जिल्ला सभापति लाई स्वागत तथा बधाई कार्यक्रम सम्पन्न सम्पन्न ।।
शिव राज खनाल
लमही २४ माघ
नेपाल विद्यार्थी संघ दाङ जिल्ला सभापति लाई स्वागत तथा बधाई कार्यक्रम सम्पन्न भएको छ ।
सोमबार दाङको लमहीमा देउखुरी बहुमुखी क्याम्पसमा अध्ययनरत नेविसंघका विद्यार्थी परिवारले संघका नव निर्बाचित जिल्ला सभापति कुलराज पोख्रेल लाई एक कार्यक्रमको आयोजना गरि स्वागत तथा बधाई दिएका हुन ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि रहेका नेपाल विद्यार्थी संघ दाङ जिल्ला सभापति कुलराज पोख्रेलले बिगतका समितिले भन्दा आफू नेतृत्व गरेको समितिले फरक प्रभावकारी काम गरेर देखाउने बताए । ” नेबि संघ शिक्षित युबाको जमात हो देश परिबर्तनमा बिगत देखिनै नेवि संघले महत्त्वपूर्ण भुमिका निर्वाह गर्दै आएको छ ,आज नेविसंघमा आवद्ध साथी हरुनै भोलि देश हाक्ने व्यक्ति हो तेसैले देश परिवर्तन गर्न , समृद्धि ल्याउन , शिक्षामा सुदृढीकरणका गर्न विद्यार्थी साथीहरु एक जुट हौ – जिल्ला सभापति पोख्रेलले भने ।
बिशिस्ट अतिथि नेपाली काङ्ग्रेसका पुर्ब जिल्ला सदस्य कुमार घिमिरेले नेपाल विद्यार्थी संघ नेपाली काङ्ग्रेसको मात्र नभएर देश कै एक खम्बा भएको बताए ।
कार्यक्रम देउखुरी बहुमुखी क्याम्पस नेविसंघ सभापति शिशिर वलिको अध्यक्षतामा भएको हो । बहुमुखी क्याम्पसका नि.बर्तमान सभापति सुमन कालाथोकीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण राजेस यादबले गरेका थिए ।
कार्यक्रममा नेविसंघका लमही नगर सभापति कौशल अधिकारी , नेविसंघ लमही नगर उपसभापति प्रकाश बेल्बासे,नि.बर्तमान सभापति सागर पोख्रेल ,बिपि स्टडी युथ सर्कलका जिल्ला सदस्य प्रकाश रेग्मी ,अम्रेस यादव ,पत्रकार देबेन्द्र बस्नेत, टेक बहादुर पुन लगाएत देउखुरी बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीको उपस्थिति रहेको थियो