किन भन्दैछन् कृष्ण लामिछानेले “माफ गरिदेउ आमा”
अभिनव चौहान,
काठमांडाै । नेपाली गीत संगीतको बजारमा कृष्ण लामिछानेको “आमाको याद” बोलको आधुनिक गीत बजारमा ।
सुमधुर आवाजका धनी गायक कृष्ण लामिछानेका थुप्रै गीतहरु बजारमा छन।विशेषगरी ऊनले लोक तथा दोहोरी गीतमा धेरै आवाज दिएका छन्। यतिबेला उनको शब्द/संगीत/एरेन्ज र स्वरमा “आमाको याद” बोलको आधुनिक गीत सार्वजनिक भएको छ ।
मंगलम रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको उक्त गीत उनै गायक कृष्ण लामिछानेको आफ्नै युटुब च्यानल SK creation मार्फत बजारमा सार्वजनिक गरिएको हो ।
गीत बजारमा आएपछि सबैले राम्रो प्रतिक्रिया दिएका छन् । आमाको मायालाई प्रमुख विषय बनाएको यस गीतमा नेपालीहरु प्रदेशिनु परेको बाध्यात्मक परिस्थितिलाई पनि उत्तिकै सशक्त रुपमा प्रस्तुत गरिएको छ।
तल दिएको लिन्क ओपन गरेर पूरा गीत सुन्नुहोस्