नेपाल साफ महिला च्याम्पियनसिपको उपाधि जित्न फेरि पनि असफल

३ असोज, काठमाडौं । नेपाल साफ महिला च्याम्पियनसिपको उपाधि जित्न फेरि पनि असफल भएको छ ।

दशरथ रंगशालामा भएको फाइनलमा नेपाल बंगलादेशसँग ३-१ गोलले पराजित भएपछि फेरि उपविजेता भएको छ ।

साफ महिला फुटबलमा नेपाल फाइनलमा पराजित भएको यो पाँचौ पटक हो ।

बंगलादेशले छैटाैँ संस्करणकाे साफ महिला च्याम्पियनसिपकाे उपाधि जित्दै नयाँ ईतिहास रचेकाे छ ।

दशरथ रंगशालामा साेमबार भएकाे फाईनलमा १५ हजार बढी घरेलु दर्शक अघि नेपाललाई ३-१ ले पराजित गर्दै बंगलादेशले पहिलाे पटक साफ महिला च्याम्पियनसिपकाे उपाधि जितेकाे हाे ।

पहिलो हाफमा २-० ले पछि परेको नेपालले ७० ‌औं मिनेटमा गोल फर्काएको थियो । नेपालका लागि अनिता बस्नेतले गोल गरिन् ।

बस्नेतको गोलमा नेपाल खेलमा पर्किन खोजे पनि ७७ औं मिनेटमा बंगलादेशले अर्को गोल थपेर खेल ३-१ ले जित्यो

You might also like