०७४को निर्वाचनमै ६ हजार बढि मतान्तरले बिजयका मन्त्री खाँनै बलियो उम्मेदवार,रुपन्देही ४(ख)मा कांग्रेसले गर्‍यो सर्वसम्मत सिफारिस

खाँको पकड देखेको कारणले कांग्रेसले पुन सर्वसम्मत रुपमै खाँलाई नै उम्मेदवार बनाउने निश्कर्षमा पुगेको कांग्रेसका एक स्थानिय नेताले बताए ।

बुटवल ।
रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारमा लुम्बिनी प्रदेशका शिक्षा , युवा तथा खेलकुद मन्त्री बसीउद्दीन खाँनै बलियो उम्मेद्वार देखिएका छन् । ०७४को निर्वाचनमा आफ्ना निकटतम प्रतिीस्प्रर्धीलाई ६ हजार ३ सय ४४ मतान्तरले हराउदै खाँ लुम्बिनी प्रदेश सांसद बनेका थिए । उनी लुम्बिनी प्रदेश सरकारको शिक्षा ,युवा तथा खेलकुद मन्त्री छन् ।
उनै खाँको नाम नेपाली काँग्रेसले रुपन्देही निर्वाचन क्षेत्र नम्बर ४(ख) को उम्मेदवारका लागि सर्वसम्मत सिफारिस गरेको छ । मर्चवार क्षेत्रमा खाँको पकड देखेको कारणले कांग्रेसले पुन सर्वसम्मत रुपमै खाँलाई नै उम्मेदवार बनाउने निश्कर्षमा पुगेको कांग्रेसका एक स्थानिय नेताले बताए ।

कांग्रेसले अगामी मंसिरमा हुने प्रदेश सभा सदस्यको निर्वाचनका लागि खाँको नाम सर्वसम्मत सिफारिस गरे संगै उनी उम्मेदवार बन्ने पक्का पक्की भएको छ ।
क्षेत्रीय समितिको बैठकले खाँको नाम सर्वसम्मतले जिल्ला कार्यसमितिमा सिफारिस गरेको काँग्रेस रुपन्देही-४ का क्षेत्रीय सभापति मुकेश यादवले जानकारी दिए । सर्वसम्मत नाम सिफारिस भएसँगै खाँले निर्वाचन केन्द्रित गतिविधि अघि बढाउने तयारी रहेको समेत यादवले बताए ।

मन्त्री खाँले प्रदेशमा सांसद रहँदा देखीनै मर्चवारको विकासका लागि पटक पटक संसदमा समेत आवाज उठाउदै आएका थिए ।
मन्त्री भएपछि खाँले विभिन्न सडक , विद्यालय , मन्दिर , मस्जिद , सामुदायिक भवन , सिंचाई लगाएतका क्षेत्रमा बजेट समेत पारेका छन् । मर्चवारमा फोरलेन सडक , प्राविधक शिक्षालय लगाएतका योजनाहरु पनि मन्त्री खाँकै पहल कदमीले आएको उनको सचिवलयले जनाएको छ ।

खाँले ०७४को निर्वाचनमा १२ हजार १ सय १३ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिप्रस्धी स्वतन्त्र रुपमा उम्मेदवारी दिएका विरेन्द्र कलवारले ५ हजार ७ सय ६९ मत पाएका थिए । खाँले ६ हजार ३ सय ४४ मतान्तरले विजय प्राप्त गरेका थिए ।

मंसिर ४ गते हुने निर्वाचनमा पनि खाँलाई टक्कर दिने नेता नभएको उनी निकट कार्यकर्ताहरुले बताएका छन् ।

You might also like