अर्घाखाँची भगवती–रुपन्देही सम्पर्क समाजको साधारण सभा तथा अधिवेशन
बुटवल,२८ चैत ।
अर्घाखाँची साविक भगवती–रुपन्देही सम्पर्क समाजको पाँचौं साधारण सभा तथा तेस्रो अधिवेशन शनिबार बुटवलमा सम्पन्न भएको छ ।
साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दै छत्रदेव गाउपालीका वठा नं ७ का अध्यक्ष सोभाखर पाण्डेले समस्यामा परेका आफ्ना सदस्यहरुको सहयोगमा सम्पर्क समाजको भूमिका महत्वपूर्ण रहेको भन्दै सामाजिक संघ संस्थाहरुलाई राजनीतिबाट टाढा राख्नुपर्नेमा जोड दिनुभयो ।
अर्घाखाँची साविक भगवती–रुपन्देही सम्पर्क समाजका अध्यक्ष कूलचन्द्र पाण्डेको सभापतित्वमा सम्पन्न कार्यक्रममासंस्कृति,पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका उप सचिब ज्ञान प्रसाद पाण्डे,अर्घाखाँची ठूलापोखरा–रुपन्देही सम्पर्क समाजका बरिष्ठ उपाध्यक्ष नेत्र पाण्डे,चिदिका–रुपन्देही सम्पर्क समाजका उपाध्यक्ष गीता ज्ञवाली,अर्घाखाँची भगवती गाविसका पूर्व अध्यक्ष ठाकुर प्रसाद मरासिनी,संस्थाका सल्लाहकार तारा प्रसाद पाण्डे,मानार्थ सदस्य लोकनाथ पाण्डे लगायतले आ आफ्नो भनाई राख्नुभएको थियो ।
सो अवसरमा अध्यक्ष कूलचन्द्र पाण्डेले बार्षिक प्रतिवेदन र कोषध्यक्ष खडानन्द पाण्डेले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो भने कार्यबाहक सचिब भागिरथ पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने जनाइएको छ ।