बुटवलमा “मेगा ब्लड डोनेसन”

भदौ १०, बुटवल ।
लियो जिल्ला परिषद् ३२५ पी नेपाल एरिया १ अन्तर्गत रहेका क्लबहरुले आयोजना गरेको “मेगा ब्लड डोनेसन”कार्यक्रम आज बुटवल रक्त सञ्चार केन्द्रमा सम्पन्न भएको छ ।
जस अन्तर्गत लियो क्लब अफ बुटवल मेट्रोसिटी ,लियो क्लब अफ बुटवल खसौली सिटी ,लियो क्लब अफ बुटवल खसौली युथ ,लिको क्लब अफ बुटवल मणिमुकुन्द युथ,लियो क्लब अफ बुटवल सिटी,लियो क्लब अफ बुटवल मणिमुकुन्द,लियो क्लब अफ बुटवल खसौली,लियो क्लब अफ बुटवल स्टार,लियो क्लब अफ बुटवल सिद्धबाबा ले संयुक्त रूपमा रक्तदान आयोजना गरेका थिए ।
रक्तदानमा ७५ यूनिट रगत संकलन भएको थियो ।
बर्खा मौषममा डेंगु, मलेरिया लगायतका रोगहरु फैलिने र त्यस्तो समयमा रगतको अभाव हुन नपाओस भन्ने उद्देश्यले सोमबार श्री कृष्ण जन्माष्टमीको पावन अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको लियो क्लब अफ बुटवल सिद्धबाबाका कार्यक्रम संयोजक लियो सुशान्त ज्ञवालीले जानकारी दिनुभयो ।
बुटवलमा दिनहुँ जसो रक्तदान भएपनि रगत अभाव भई राख्ने हुँदा उमेर पुगेका र मनवताका निम्तिपनी सबैले रक्तदान गर्नुपर्ने र रक्तदानबारे सचेतना हुनुपर्ने सम्योजक ज्ञवालिने बताउनु भयो ।
रक्तदान कार्यक्रममा याल डि सी ३२५ नेपाल डिस्ट्रिक गभर्नर यम जे यफ लायन पुरुषोतम पर्धनन्नले रक्तदातालाई ब्याग हस्तान्तरण गरेर कार्यक्रम शुभारंभ गर्नु भएको थियो ।
उक्त अवसरमा बोल्दै उहाँले रक्तदानबारे सचेतनाको कारण रक्तदान कार्यक्रम बढेपनि रगतको अभाव अझै रहेको बताउनु भयो ।
कार्यक्रमका फर्स्ट भी.डी.जी बालाराम भट्टराई, सेकेण्ड भी.डी.जी सन्दिप कौसोधन, लियाे भी.डी.पि प्रविण पौडेल लियो डिष्ट्रिक्ट काउन्सिलका सचिव सुमन पौडेल लगायतले रक्तदानको महत्त्व बारे चर्चा गरेका थिए ।
रक्तदान कार्यक्रममा एरिया १ अन्तर्गत क्लबका सदस्य हरुको सक्रिय सहभागिता रहेको थियो ।
१८ वर्षदेखि ६५ वर्षसम्मका स्वस्थ व्यक्तिहरूले रक्तदान गर्न सक्छन् भने पुरुषले प्रत्येक तीन-तीन महिना र महिलाले प्रत्येक चार-चार महिनामा रक्तदान गर्न सक्छन् । पछिल्लो समय महामारीका रूपमा फैलिएको डेंगु रोगका कारण ब्लड बैंकहरूमा रगत अभाव हुन थालेको छ ।

You might also like